शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एलिना र रुपकको स्वरमा आयो ‘भुल्यौं कि मायाले...’

शुक्रबार, ३० असोज २०७७, १८ : ३२
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । पत्रकार, गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले...’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर रहेको गीतमा किरण माइकल घिमिरेको संगीत रहेको छ । 

लोकशैलीको गीतको भिडियो पनि बनेको छ । जसमा बालबालिकाले खेल्ने बेहुला बेहुली र राजा रानीको कथा बुनिएको छ । भिडियोमा रमेशचन्द सोडारी र रोली तामाङको अभिनय देख्न सकिन्छ । यादव पुडासैनीले निर्देशन रहेको भिडियोमा नारायण रिजालको कोरियोग्राफी, सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप