बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा थपिँदै संक्रमित, २४ घण्टामा २४०२ जनामा संक्रमण पुष्टि

शुक्रबार, ३० असोज २०७७, १६ : ४१
शुक्रबार, ३० असोज २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप  २ हजार ४०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  काठमाडौंमा १ हजार ७८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको हो । 
यस्तै बितेको २४ घण्टामा देशभर  ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ । 

यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएसँगै हालसम्म निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ । हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर भइसकेको छ। 

यसैगरी नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७१५ जना पुगेको छ । बितेको २४ घण्टामा कोरोनाभाइरसबाट थप २१ जनाको मृत्यु भएसँगै हालसम्म मृतकको कुल संख्या ७१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप