बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४ लाख घुससहित प्रहरी हवल्दार दम्पती पक्राउ

शुक्रबार, ३० असोज २०७७, १६ : ३६
शुक्रबार, ३० असोज २०७७

बुटवल ।  धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिँदालिँदै  प्रहरी हवल्दारका श्रीमान् श्रीमती अख्तियारको फन्दामा परेका छन् ।  ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ । 

धरौटीमा छुटाईदिन सहयोग गरेवापत सेवाग्राहीसँग लिएको चार लाख घूससहित हवल्दार र उनकी श्रीमती निर्मला केवटलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलको टोलीले रुपन्देहीको सियारी गाउँपालिका वडा नं. ७ स्थित खनाल मिठाई पसल छेउबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रक्ता सुरेश भुसालले रातोपाटीलाई जानकारी दिए  । उनीहरुलाई दिउँसो नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप