शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा जनरल इन्सुरेन्सको आईपीओ : ५ लाख ९० हजार आवेदकको हात खाली

शुक्रबार, ३० असोज २०७७, ११ : २३
शुक्रबार, ३० असोज २०७७

सानिमा जनरल इन्सुरेन्स कम्पनीको आईपीओ बाँडफाँट भएको छ । २ लाख ७३ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९० हजार ५ सय ४५ जना आवेदनकर्ता भने आईपीओ हात पार्न बञ्चित भएका छन । यसमा ८ लाख ६६ हजार ९ सय ५ जनाले आवेदन दिएकामा ३ हजार ३ सय ६० जना आवेदकको आवेदन रद्ध भएको छ । 

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । 

त्यस्तै, ५५ अर्थात १ लाख ५० हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप