केन्द्रीय संस्करण

बाबुरामलाई प्रधानमन्त्रीको जवाफ: ‘अर्बौ बाँडेर खाने हर्कत हामी गर्न सक्दैनौ’

person explore access_timeअसोज ३०, २०७७ chat_bubble_outline0

काठमाडौं –  ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा. बावुराम भट्टराईको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्माओलीले खण्डन गरेका छन् । 

६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओलीले भने–‘हामि त्यस्तो गैह्रजिम्मेवार  र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ ।’

डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्डसहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

आफ्नो सरकारले भ्रष्टाचारबिरुद्ध शून्य सहनशिलताको निति लिएको दावी गर्दै ओलीले भट्टराईप्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’ 

‘हामी जिम्मेवार भएर मात्रै अगाडी बढ्छौं’ प्रधानमन्त्री ओलीले भने–‘भ्रष्टाचार बिरुद्धको शून्य सहनशिलता र कार्यान्वयनमा प्रहरीको मूख्य भूमिका हुन्छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.