शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४०० करोड लगानीमा तयार हुनेछ प्रभास–सैफ अली खानको ‘आदिपुरुष’

शुक्रबार, ३० असोज २०७७, ०९ : २६
शुक्रबार, ३० असोज २०७७

साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्को फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले राम्रै व्यापार गर्न सफल भएको थियो र उक्त फिल्मको बजेट पनि ३५० करोड थियो ।

अब प्रभास चाँडै नै ओम राउतको फिल्म ‘आदिपुरुष’ मा देखिने भएका छन् । प्रभासको यो फिल्मको बटेज पनि निकै धेरै हुने बताइएको छ ।

भारतीय मिडिया पिंकभिल्लामा प्रकाशित समाचार अनुसार प्रभासको नयाँ फिल्म आदिपुरुष ३५० देखि ४०० करोडको बजेटमा बन्नेछ ।

फिल्मका निर्देशक ओम राउतले वेबसाइटसँगको कुराकानीमा भने, ‘मैले पछिल्ला थुप्रै दिनेदखि यसमाथि अनुसन्धान गरिरहेको थिएँ र यस्तो गर्नका लागि लकडाउनले मेरो असाध्यै मद्दत गर्यो । आदिपुरुषको विषयमा मेरो दिमागमा जस्तो स्क्रिप्ट थियो फिल्म ठ्याक्कै त्यस्तै बनेको छ । मैले एकवर्ष अघि नै यसको स्क्रिप्ट लेखेर राखेको थिएँ । तर अहिले हामीले यसमा धेरै नै परिवर्तन गरेका छौं । तान्हाजी द अनसंग वारियरको अत्यधिक सफलतापछि मानिसहरु आदिपुरुषमा पनि यस्ता भिजुअल हेर्न चाहन्छन् । यस्तै यतिबेला प्रभास भारतका सबैभन्दा ठूला सुपरस्टार हुन् । त्यसैले जब हामीले यो फिल्मबाट बतायौं तब उनी निकै खुसी भए । उनीभन्दा राम्रो हिरो हामीले पाउन सक्दैनथ्यौं ।’

एक स्रोतले वेबसाइटसँगको कुराकानीमा भने, ‘मानिसहरु यतिबेला आफ्नो प्रोडक्सन र बजेटमा कटौती गरिरहेका छन् र ओम राउत र भुषण कुमार (फिल्मका निर्माता) केही ठूलो गर्ने सपना देखिरहेका छन् । यो फिल्म सबैभन्दा ठूलो भारतीय फिल्म हुनेछ जो कोभिड–१९ पछि हलमा रिलिज हुनेछन् । यसमा जुन प्रकारको भीएसएक्सको प्रयोग गरिएको छ त्यो तपाईंले कुनै पनि भारतीय फिल्ममा अहिलेसम्म देख्नुभएको छैन । त्यसैले यो फिल्मको बजेट ३५० देखि ४०० करोडको हुनेछ ।’

स्मरण रहोस्, आदिपुरुषमा प्रभासबाहेक सैफ अली खान पनि मुख्य भूमिकामा हुनेछन् जो नेगेटिभ भूमिकामा देखिनेछन् । फिल्म सन् २०२२ मा थुप्रै भाषा जस्तै हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप