शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रणबीर सिंहको गाडीलाई बाइकले दियो ठक्कर

शुक्रबार, ३० असोज २०७७, ०८ : ५६
शुक्रबार, ३० असोज २०७७

बलिउड अभिनेता रणबीर बिहिबार मुम्बईमा एक सानोे दुर्घटनाको शिकार भए । यो दुर्घटनामा न त उनलाई न नै उनको गाडीमा केही क्षती पुग्यो तर पापाराजीले उनका केही तस्बिर खिच्ने भने मौका पक्कै पाए । यी तस्बिर र भिडियो अब सोसल मिडियामा भाइरल भएका छन् जसमा रणबीर दुर्घटनापछि आफ्नो गाडीको स्थिती हेरिरहेको देख्न सकिन्छ ।

रणबीर डबिङको काम पूरा गरेपछि फर्किने क्रममा उनको गाडीलाई पछाडिबाट आइरहेको एउटा बाइक रणबीरको मर्सिडिज एसयूभीसँग ठोक्कियो । सोसल मिडियामा प्रकाशित भिडियोमा रणबीर गाडीबाट निस्किएर मोटरसाइकलको ठक्करले गाडीमा कत्तिको क्षती पुग्यो भनेर हेर्छन् र त्यसपछि पुनः गाडीमा बस्छन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Chota sa accident and all's well 🙏 #ranveersingh in Mumbai today #Thursday #manavmanglani

A post shared by Manav Manglani (@manav.manglani) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप