विनोदले बनाए एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड
![विनोदले बनाए एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड](https://rpcdn.ratopati.com/media/albums/binod-thapa-te_wZADa6MJOO.jpg)
कैलालीको टीकापुरका खेलाडी विनोद थापाले तेक्वान्दो खेलअन्तर्गत खेलिने ‘मोष्ट मार्सल राउण्ड हाउस किक इन वान आवर’ अर्थात् एक घण्टामा एक खुट्टाले सबैभन्दा बढी किक हान्ने विधामा विश्व रेकर्ड बनाएका छन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड नबनाएको बताइएको छ ।
थापाले सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घले बिहीबार धनगढीमा आयोजना गरेको कार्यक्रममा एक घण्टामा एक खुट्टाले दुई हजार ७५० पटक किक हानेर नयाँ रेकर्ड बनाएका हुन् । गिनिज बुक अफ ओल्ड रेकर्डले तोकेको समयअनुसार उनले एक घण्टामा सो रेकर्ड बनाउन सफल भएका हुन् ।
अब उनले आगामी कात्तिक ४ गते ‘मोष्ट मार्सल आर्टस किक इन वान आवर युजिङ अल्टरनेटिभ लेग्स’ अर्थात् एक घण्टामा दुवै खुट्टाको प्रयोग गरेर सबैभन्दा बढी किक हान्ने विधाको रेकर्ड बनाउने तयारी गरेका छन् । यो समय पनि गिनिज बुक अफ ओरल्ड रिकर्डले तोकेको मापदण्डअनुसार नै गरिने उल्लेख गरिएको छ ।
हाल यो रेकर्ड जापानका तेक्वान्दो खेलाडी मिजोकी कातोको नाममा रहेको छ । कातोको नाममा एक घण्टामा तीन हजार ६३२ पटक किक हानेर विश्व रेकर्ड कायम भएको खेलकुद पत्रकार सीताराम ओझाले बताए ।
कार्यक्रममा धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वड, सुदूरपश्चिम प्रदेश तेक्वान्दो सङ्घका अध्यक्ष सुवाश शाही लगायतको उपस्थिती थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरानमा ‘प्रदेश प्रिमियर लिग’ फुटबल प्रतियोगिता हुने
-
काम ठप्प पारेर कर्णालीका स्थानीय तहका कर्मचारी आन्दोलन गर्न वीरेन्द्रनगरमा
-
कामपाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
-
गाउँदा गाउँदै स्टेजमै भक्कानिएकी एलिनालाई ऋचा शर्माको ढाडस
-
दातृ निकायको सहयोगका आयोजनामा पनि हालत खराब, एमसीसीको सबैभन्दा कमजोर प्रगति
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो