मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबारको मौसम पूर्वानुमान

शुक्रबार, ३० असोज २०७७, ०७ : १७
शुक्रबार, ३० असोज २०७७

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन ।

हालको मौसम भने प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।

 यसैगरी, दिउँसो प्रदेश १,  बाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

भने, प्रदेश १ , बाग्मती  प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राती  प्रदेश १, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप