बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फ्रान्समा एकैदिन ३० हजारभन्दा बढी संक्रमित फेला, डब्ल्यूएचओले दियो चेतावनी

शुक्रबार, ३० असोज २०७७, ०६ : ३२
शुक्रबार, ३० असोज २०७७

फ्रान्समा बिहिबार कोरोनाका ३० हजार ६ सय २१ नयाँ संक्रमित फेला परेका छन् । अघिल्लो दिन २२ हजार ५ सय ९१ संक्रमित भेटिएका थिए । कोरोनाका बढ्दो संक्रमित भेटिएपछि फ्रान्सको सरकारले राजधानी पेरिससहित ९ शहरमा शनिबार रातीदेखि कर्फ्यू लगाउने निर्णय गरेको छ ।

विश्व स्वास्थ्य संगठनले मानिसहरुको ज्यान बचाउनका लागि कडा प्रतिबन्ध लगाउन अत्यावश्यक भएको भन्दै चेतावनी दिएको छ ।

शनिबारदेखि लण्डनमा कोठाभित्र आयोजना हुने कार्यक्रममा पनि प्रतिबन्ध लगाइएको छ किनभने लण्डन र त्यस आसपासका इलाकामा कोभिड अलर्ट जारी गरिएको छ ।

फ्रान्स, इटली, पोल्याण्ड र जर्मनीजस्ता देशमा बिहिबार ठूलो परिणाममा परीक्षण सुरु भएपछि एकदिनमा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन् ।

बिहिबार रुसमा २ सय ८६ जनाको मृत्युको खबर छ । कोरोनाभाइरस फैलिएपपिछ यो रुसमा एक दिनमा भएको अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हो ।

विश्व स्वास्थ्य संगठनले युरोपको सरकारलाई कारवाही गर्न आग्रह गरेको छ किनभने युरोपमा दैनिक एक हजारभन्दा बढीको मृत्यु भइरहेको छ ।

फ्रान्समा के भइरहेको छ ?

बुधबार फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले नयाँ नियम र प्रतिबन्धको घोषणा गरेका थिए । शनिबारदेखि पेरिस र अन्य शहरका मानिसहरुलाई राती ९ बजेदेखि बिहान ६ बजेसम्म घरबाट निस्कन अनुमति छैन ।

यो प्रतिबन्ध कम्तीमा चार हप्तासम्म रहनेछ । दैनिक संक्रमितको संख्या तीनहजार भन्दा कमै होस् भन्ने कोसिसमा म्याक्रोंले यस्ता प्रतिबन्धको घोषणा गरेका हुन् ।

फ्रान्सका प्रधानमन्त्री जीन केस्टेक्सले कर्फ्यू लागू गर्नका लागि प्रहरी तैनाथ गरिने जानकारी दिए तर यसैबीच दैनिक आवश्यकताका क्रियाकलापमा कुनै प्रतिबन्ध भने लागू गरिनेछैन ।

युरोपमा स्थिती ?

विश्व स्वास्थ्य संगठनका युरोपका निर्देशक ह्यान्स क्लगले बिहिबार एक पत्रकार सम्मेलनमा मार्च र अप्रिलमा कोरोना पहिलो पटक युरोपमा प्रवेश गर्दाको स्थितीलाई अहिले तुलना गर्दा पाँच गुणा कम मानिसहरुको मृत्यु भइरहेको छ ।

उनका अनुसार हालैका केही हप्तामा कोरोना संक्रमितको संख्यामा वृद्धि हुनुको एउटा कारण नौजवानहरु संक्रमित हुन हो । तर मृत्युदर कम हुनुको कारण ज्येष्ठ नागरिकको तुलनामा युवाहरुको कमै मृत्यु हुन्छ ।

उनले भनेका छन्, ‘युरोपमा कोरोना महामारीले कस्तो दिशा लिनेछ, त्यो खासै आशाजनक भने छैन ।’

डाक्टर ह्यान्सका अनुसार यदि युरोपको सरकारले प्रतिबन्ध खुकुलो पारे जनवरी २०२१ सम्म कोरोनाका कारण दैनिक ज्यान गुमाउनेको संख्या अप्रिलमा दैनिक ज्यान गुमाउनेको संख्याको चारदेखि पाँच गुणा बढी हुनेछ ।

उनले ९५ प्रतिशत मानिसहरुले मास्क लगाए र सामाजिक दुरीको पालना गरे फेब्रुअरीसम्म युरोपमा दुई लाख ८१ हजारको ज्यान बचाउन सकिने बताएका छन् ।

उनले प्रतिबन्ध लागू गर्ने बेला सरकारले मानसिक स्वास्थ्य र घरेलू हिंसाबारे पनि ख्याल राख्नुपर्ने बताएका छन् । साथै उनले स्कूल खुल्ला गर्नका लागि सरकारले हर सम्भव प्रयास गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

अगस्ट र सेप्टेम्बरमा संक्रमण दर बढ्न लागेको थियो र पछिल्ला केही हप्तामा युरोपमा कोरोना संक्रमितको संख्यामा लगातार वृद्धि भइरहेको थियो ।

युरोपभरी चेक गणराज्यमा हाल कोरोनाको दर सबैभन्दा धेरै छ । अक्टोबरमा कोरोनाको संक्रमण करिब दुई गुणा भएर एक लाख ४० हजार पुगेको थियो ।

यूरोपमा नयाँ प्रतिबन्ध ?

बिहिबार पोल्याण्डले रेड जोनमा परेका स्कूल र जिम बन्द गरेको छ ।

इटलीको दक्षिणी इलाकामा स्कूल दुई हप्ताका लापग बन्द गरिँदैछ किनभने ठूलो परिमाणमा परीक्षणको सुरुवातलगत्तै एकदिनमा सबैभन्दा धेरै पोजेटिभ केस बिहिबार भेटिएको छ ।

चेक गणराज्यमा स्कूल र बार बन्द गरिएको छ तरपछि संक्रमण दर बढ्दो छ ।

सरकारले फिल्ड अस्पताल बनाउन लागेको र विदेशमा काम गरिरहेका डाक्टरलाई आफ्नो देश फर्कन आग्रह गरिएको जानकारी दिएको छ ।

 जर्मनीमा अत्यधिक खतरामा भएको इलाकाका बार र रेष्टुरेन्टलाई छिट्टै बन्द गर्नुपर्ने नियम राखेको छ । बिहिबार यहाँ ६,६३८ नयाँ संक्रमित देखिएका थिए जुन महामारीको सुरुवातपछि एकदिनमा भेटिएको सबैभन्दा धेरै संख्या हो ।

पोर्चुगलमा बिहिबारदेखि कुनै पनि सार्वजनिक स्थानमा पाँचभन्दा बढी मानिसहरु जम्मा हुन अनुमति छैन ।

विवाह र बच्चाको न्वारन वा अन्य कुनै कार्यक्रममा ५० भन्दा बढी मानिसहरु भेल हुन अनुमति छैन ।

स्पेनको केटालोनिया इलाकामा रेष्टुरेन्टमा टेकअवेको सेवामा मात्रै अनुमति दिइएको छ । जिम र अन्य सांस्कृतिक स्थलमा आफ्नो क्षमताभन्दा ५० प्रतिशत कम मानिसहरु आउन दिने शर्तसहित खोल्न दिइनेछ । पसल र ठूला सपिङ सेन्टर्समा क्षमताभन्दा ३० प्रतिशत मानिसहरु मात्रै आउने अनुमति छ ।

नेदरल्याण्डमा सबै बार, रेष्टुरेन्ट र कफी सपलाई टेकअवेको सेवा दिने अनमति छ र नीजि घरमा पनि एक दिनमा तीनभन्दा बढी पाहुना आउने अनुमति छैन ।

मस्कोमा आवतजावत निकै सिमित छ र सोमबारदेखि सिनयर स्कूल बन्द गरिँदै छ ।

 स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप