उत्तरप्रदेशमा पुलिस अफिसरसहित बसेको बैठकमा अचानक गोली चल्यो, १ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तरप्रदेशको बलिया जिल्लाको दुर्जनपुर गाउँमा चलिरहेको एउटा बैठकमा गोली चल्दा एकजनाको मृत्यु भएको छ । सो गाउँमा राशन कोटा छनौटका लागि चलिरहेको बैठकमा एक व्यक्तिले अचानक गोली चलाएका थिए । गोली लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको स्थिति गम्भीर रहेको जनाइएको छ । गोली त्यस्तो बेलामा चलेको थियो, जुन बैठकमा पुलिस अफिसर लगायतका उच्चस्तरका सरकारी अधिकारीहरु पनि सामेल रहेका थिए ।
आक्रमणकारी भने तत्काल भागेको र उसको खोजी भैरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ । घटना भएलगत्तै राज्य सरकारले स्थानीय रेवती पुलिस स्टेशन क्षेत्रका एसडीएम र पुलिस अफिसर लगायतका धेरै प्रहरीहरुलाई निलम्बन गरेको छ ।
बलियाका प्रहरी अधिकारी देवेन्द्रनाथले बीबीसीसँग भने, ‘दुर्जनपुर गाउँमा सरकारी कोटाको पसल छनौटको प्रक्रिया चलिरहेको थियो । दुई पक्षीय सहयता समूहका मानिसहरु पनि त्यहाँ सहभागी थिए । एउटा पक्षले धीरेन्द्रप्रताप सिंह उर्फ डब्ल्युलाई समर्थन गरेको थियो । यी दुई समूहबीच पहिलेदेखि नै दुश्मनी थियो ।
जब घटनास्थलमा गोली चल्यो छनौट प्रक्रिया स्थगित भएको छ ।’ उनका अनुसार धीरेन्द्रप्रताप सिंहले गोली चलाएपछि जयप्रकाश उर्फ गामा पाललाई गोली लागेको थियो । उनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । उनले घटनाबारे सबै तथ्यहरुको जानकारी लिइएको छ, सोहीअनुसार कार्वाही प्रक्रिया अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ