केन्द्रीय संस्करण

निलो प्रकाश दिने चश्मा निन्द्राका लागि फाइदाजनक

person explore access_timeअसोज २९, २०७७ chat_bubble_outline0

एजेन्सी । निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष सार्वजनिक भएको हो।  

काम गर्ने वा समय कटाउने प्रयोजनका लागि मोवाई, कम्युटर, टिभीलगायतका विद्युतीय सामग्रीहरुको प्रयोग बढेको पाइएको छ ।  विविध कारणले विद्युतीय सामग्रीको स्कृनमा धेरै हेर्ने व्यक्तिहरुले सुत्ने बेलामा निलो प्रकाश दिने चश्मा लगाएमा निन्द्रा सजिलै लगाउन सहयोग गर्ने अध्ययनकर्ताहरुको भनाई छ । 

त्यसैगरी त्यस्तो चश्माले भोली पल्टको कामलाई प्रभावकारी बनाउन पनि सहयोग गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । “हामीले अध्ययनबाट यो पत्ता लगाएका छौँ की, निलो प्रकाश दिने चश्मा लगाउँदा निन्द्रा राम्रो हुने, काममा व्यस्त हुन सकिने, कार्यसम्पादन प्रभावकारी हुने, मानवीय व्यवहार राम्रो हुने देखिएको छ,” इन्डीयाना विश्वविद्यालयका सह प्राध्यापक तथा अध्ययनमा संलग्न  क्रिश्चियानो एल गौरानाले भने । –एएनआई

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.