शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३३ वर्षपछि डाँका मुद्दाका फरार आरोपी सहनी पक्राउ

बिहीबार, २९ असोज २०७७, २१ : ०४
बिहीबार, २९ असोज २०७७

काठमाडौँ । प्रहरीले  डाँका मुद्दाका फरार आरोपीलाई पक्राउ गरेर अदालतमा पेश गरेको छ । सर्लाहीको बरथवा नगरपालिका–१ का राजवंशी सहनीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय, बरथवा सर्लाहीले अदालतमा पेश गरेको हो । 

वि।सं। २०४४ असार २६ गते सिरहा जिल्ला अदालतले सहनीलाई डाँका मुद्दामा ६ वर्ष कैद र २९ सय रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो । अदालतको फैसला लगत्तै सहनी फरार भएका थिए । 

फैसला भएपनि फरार आरोपी सहनी हालसम्म फरार रहेकामा प्रहरीको विशेष टोलीले २२ असोजमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय बरथवाका प्रमुख डीएसपी उद्धवसिंह भाटले जानकारी दिए । 

सहनीलाई इलाका प्रहरी कार्यालय बरथवाले २२ असोजमा पक्राउ गरेको हो । कोरोना महामारीको बेला पक्राउ परेका सहनीको पीसीआर रिपोर्ट ढिलागरी आएकाले अदालतमा पेश गरेर कैद भुक्तानको लागि कारागार पठाइएको डीएसपी भाटले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप