शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मासु पसलको अनुगमन

बिहीबार, २९ असोज २०७७, १९ : ०४
बिहीबार, २९ असोज २०७७

भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाईएको छ । दशैंलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज यहाँका मासु पसल एवं  मासु काट्ने ठाउँको अनुगमनमा व्यवसायीहरुले जथाभावी मुल्य राखी उपभोक्ता ठग्ने र बासी कुहिएको मासु विक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाईएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए ।

अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगोको मासु पसलमा विग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाईएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ ।

अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नविकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सूची राख्न, ससेज्को लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप