मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमितलाई परीक्षामा सहभागी हुने वातावरण बनाउन सर्वोच्चको अन्तरिम आदेश

बिहीबार, २९ असोज २०७७, १७ : २२
बिहीबार, २९ असोज २०७७

काठमाडौं । कोभिड– १९ संक्रमित बिरामीलाई पनि परीक्षामा सहभागी  हुने वातावरण बनाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले बिहिबार सबै  परिक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन आदेश दिएको हो ।

योसँगै संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र उनीहरु परीक्षामा सामेल हुन नपाउने भनी यसअघि लोकसेवा आयोगले बनाएको मापदण्डलाई सर्वोच्चले कार्यान्वयन नगर्न आदेश दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप