शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारले अर्थमन्त्री पौडेललाई स्वागत गर्न सकेन

बिहीबार, २९ असोज २०७७, १५ : ५८
बिहीबार, २९ असोज २०७७

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दिन सेयर बजारमा खासै चमक देखिएन । सामान्यतया अर्थमन्त्रीको नियुक्ति र बर्हिगमनमा बजार कि त ज्यादा चम्कने कित ज्यादा घट्ने गरेकोमा पौडेलको आगमनलाई सेयर बजारले खुलेर स्वागत गर्न नसकेको आजको कारोबारबाट देखिन्छ । 

बजार खुलेको केही समय नेप्से आकर्षक ढंगले चम्किएको भए पनि विस्तारैे गति सुस्त हुदै गयोे । नेप्से सूचक बिहीबार १.२९ अंकले बढेर १५६२.४६ विन्दुमा अडिएको छ । 
१ सय ९६ कम्पनीको १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ४९ लाख ९४ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । खरिदबिक्री भएकामध्ये ५ वटा समूह बढेका छन् भने बाँकी समुहको सुचक ओरालो लागेको छ ।  वाणिज्य बैंक समूहको सूचक १.९ अंकले वृद्धि भएको छ । नेपाल फाइनान्स र जनरल इन्सुरेन्सको सेयर भाउ १० प्रतिशतले बढेको छ भने गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.२१ प्रतिशतले घटेको छ ।

 खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अगाडि  छ । यसको ७ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोसं्रोमा आज मात्र लाभांश दिने जानकारी नेप्सेमा गराएको  शिवम सिमेन्ट्सको कारोबार भएको छ भने  तेस्रोमा अरुण हाइड्रोपावरको कारोबार भएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप