सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वरमा ग्लोबल बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

बिहीबार, २९ असोज २०७७, १४ : ४७
बिहीबार, २९ असोज २०७७

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।  सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ । 

खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । 

बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेतले रातोपाटीलाई जानकारी दिए । 

सुरक्षा गार्डको हातमा चोट लागेको छ । घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी बस्नेतले बताए । खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप