शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रसाद-२’ मा विपिन र नम्रता

बिहीबार, २९ असोज २०७७, १३ : ३१
बिहीबार, २९ असोज २०७७

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा पनि विपिन कार्की र नम्रता श्रेष्ठको जोडीको अभिनय रहने भएको छ । ‘प्रसाद’ मा रुचाइएको यो जोडीलाई निर्माण युनिटले सिक्वेल ‘प्रसाद २’ मा पनि दोहोर्याउन लागेको हो । फिल्म अभिनयका लागि बिपिन र नम्रतासँग निर्माण युनिटले सम्झौता समेत गरिसकेको छ ।

तिहारपछि छायाँकन सुरु बताइएको फिल्म सौरभ चौधरीले निर्देशन गर्न लागेका हुन् । ‘प्रसाद’ भने दिनेश राउतले निर्देशन गरेका थिए । निर्देशक चौधरीले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए ।

सुवास थापाको निर्माण रहने फिल्मको लेखन सुशील पौडेलले गरेका छन् । ‘प्रसाद’ सुरु हुनुभन्दा अगाडि र अन्त्य भएपछिको कथामा फिल्म निर्माण हुन लागेको हो ।   ‘प्रसाद’ भन्दा अझ राम्रो फिल्म बनाउने आफ्नो सोच रहेको निर्देशक चौधरीले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप