मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘दशैं तिहार’ बोलको गीत सार्वजनिक

बिहीबार, २९ असोज २०७७, १३ : १६
बिहीबार, २९ असोज २०७७

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री आँचल शर्मा अभिनित ‘दशैं तिहार’ बोलको गीत सार्वजनिक भएको छ । गायक सुजन तिगेला लिम्बु र मेलिना राईको स्वर रहेको भिडियो मिलन चाम्सले निर्देशन गरेका हुन् । 
भिडियोमा आर्यन र आँचलको अलवा सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुवेदीको समेत अभिनय रहेको छ । 

सुदीप बरालको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनिम गहतराजको कलर संयोजन रहेको भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
चाडपर्वको महत्व दर्शाएर यसलाई रमाइलोसँग मनाउनु पर्ने भाव ब्यक्त गरिएको गीतको भिडियोमा पनि दशै तिहार दुबै समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप