शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको कोराना विशेष अस्पतालमा थप एक जनाको मृत्य

बिहीबार, २९ असोज २०७७, १२ : ०५
बिहीबार, २९ असोज २०७७

रूपन्देहीमा कोराना संक्रमण दर दैनिक रुपमा वृद्धिसँगै मृत्यु मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । ती महिलालाई उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेको थियो ।  यससँगै बुटवलस्थित कोराना विशेष अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन  थापाले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप