शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डोनल्ड ट्रम्पका छोरालाई पनि भएको थियो कोरोना संक्रमण

बिहीबार, २९ असोज २०७७, १० : १३
बिहीबार, २९ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका १४ वर्षका छोरा ब्यारन पनि कोरोनाद्वारा संक्रमित भएका थिए । ट्रम्पकी श्रीमती मेलानिया ट्रम्पले यो कुराको जानकारी दिँदै पछि उनको परीक्षण नेगेटिभ आएको बताएकी छिन् ।

मेलानिया ट्रम्पले छोरालाई कोरोना संक्रमण भएको बारे भनिन्, ‘आफूलाई जे कुराको डर थियो, त्यहि भयो । ब्यारनको परीक्षण पोजेटिभ आयो । तर सौभाग्यले राम्रो कुरा के भयो भने उनी एक बलियो किशोर हुन् र अब उनलाई संक्रमणको कुनै पनि लक्ष्य छैन ।’

यसअघि दुई अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक ट्वीट गरेर आफू र मेलानिया ट्रम्पको कोरोना संक्रमणबारे जानकारी दिएका थिए ।

राष्ट्रपति ट्रम्प र उनकी श्रीमतीबाहेक ह्वाइट आउसका थुप्रै कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो तर उनीहरु सबै अहिले ठिक भइसकेका छन् ।

बुधबार ट्रम्पले आयोवामा एक चुनाव अभियानमा जानुअघि पत्रकारसँगको कुराकानीमा उनका कान्छो छोरा अहिले ठिक भएको जानकारी दिए ।

पछि उनले चुनाव र्यालीको क्रममा भनेका थिए, ‘उनी केही समयका लागि कोरोनाद्वारा संक्रमित भएका थिए ।’

ट्रम्पले भने, ‘मलाई लाग्दैन कि उनलाई कोरोना संक्रमण भएको छ भनेर थाहा छ । उनी अहिले युवा नै छ र उनको रोग प्रतिरोधी क्षमता निकै राम्रो छ र उनी योसँग लड्न पूर्ण रुपमा सक्षम छन् । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप