शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुशान्त सिंह राजपूत मामिलामा सिबिआई अनुसन्धान पूरा, षड्यन्त्रको कुनै प्रमाण भेटिएन

बिहीबार, २९ असोज २०७७, ०७ : ४०
बिहीबार, २९ असोज २०७७

 सुशान्त सिंह राजपूत प्रकरणको अनुसन्धान सिबिआईले पूरा गरेको छ । सिबिआईले अहिलेसम्म सुशान्तको मृत्युमा कसैको पनि षड्यन्त्र नभेटेको जानकारी दिएको छ । स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले सिबिआईको अनुसन्धान अब पूरा भइसकेको र उनीहरुले चाँडै नै आफ्नो रिपोर्ट अदालतमा पेश गर्ने जानकारी दिएको छ ।

जानकारीका अनुसार सिबिआईले अक्टोबर ८ मा सुशान्तका भिनाजु र फरिदाबादका कमिश्नर ओपी सिंह र सुशान्तकी दिदी नीतूसँग दिउँसो सोधपुछ गरेको थियो । यो सोधपुछपछि सिबिआईको अनुसन्धान पूरा भएको हो ।

सिबिआईले आफ्नो अनुसन्धनमा पत्ता लागेका सबै परिस्थितीजन्य साक्षीको आधारमा रियालाई आरोपी बनाउने नबनाउने निर्णय अदालतमाथि नै छोड्ने अनुमान गरिएको छ ।

यता भाजपाका राज्यसभा सांसद सुब्रमण्यम स्वामीले सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा भइरहेको अनुसन्धानसँग सम्बन्धित एम्सको रिपोर्टबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिइएको दाबी गरेका छन् ।

स्वामीले प्रश्न सोधेका छन्, ‘के एम्सको समूहले सुशान्तको शवको पोस्टमार्टम गरेको थियो वा कूपर अस्पतालका डाक्टरको पोस्टमार्टम रिपोर्टबाटै आफ्नो धारणा बनायो ? के एम्सको टीमले प्रमाण नष्ट गरेकोमा  अनुसन्धान गरे ? के मृत्युको कारणमाथि एक निश्चित धारणा बनाउनका लागि फरेन्सिक मेडिकलको दृष्टिकोणले सामग्री अपर्याप्त थिए ? के स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले यो मामिलालाई मेडिकल बोर्डमा पठाउने विचार गर्नेछ ?’

स्मरण रहोस्, केही दिन अघि एम्सको प्यानलले सुशान्तको हत्याको आशंकालाई खारेज गर्दै यसलाई आत्महत्या बताइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप