शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थानविरुद्ध दिल्ली ब्याटिङमा : सन्दीप आज पनि बेन्चमै

बुधबार, २८ असोज २०७७, २० : ००
बुधबार, २८ असोज २०७७

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) को ३० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गरेको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । दिल्लीले बुरधबा टोलीमा एक परिवर्तन गरेको छ । युवा तीव्र गतिका बलर तुषारदेशपान्डेलाई डेब्यु खेल खेलाएको छ । 

दिल्लीले हर्षल पटेलको स्थानमा तुषारदेश पान्डेलाई मौका दिएको हो । तर दिल्लीले सिजनको आफ्नो आठौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई भने लगातार आठौं खेलमा बेन्चमा राखेको छ । 

तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीपले लगातार आठौं खेलमा पनि मैदानमा प्रवेश पाएनन् । दिल्लीको प्लेइङ ११ मा श्रेयस ऐर (कप्तान), पृथ्वी शा, शिखर धवन, एलेक्स केरि (विकेटकिपर) अजिंक्या रहाणे, मार्कस स्टोइनिस, रविचन्द्रन आश्विन, अक्षर पटेल, तुषारदेशपान्डे कागिसो रबाडा र एनरिच नोर्टजे अटाएका छन् । 

यस्तै राजस्थाले भने सनराजर्स हैदराबादसँगको टोलीलाई निरन्तरता दिएको छ । राजस्थानको प्लेइङ ११मा– स्टिभ स्मिथ (कप्तान), सन्जु स्यामसन, जस बटलर (विकेटकिपर), रोबिन उथप्पा, रियान पराग, राहुल टेवाटिया, जोफ्रा आर्चर, कार्तिक त्यागि, जयदेव उनदकट, बेन स्टोक्स र श्रेयस गोपालले स्थान पाएका छन् ।

दिल्ली छैटौं जितको खोजीमा रहेको छ भने राजस्थान चौंथो जितको खोजीमा छ ।अघिल्ला ७ खेलमा ५ जितसहित १० अंक जोडेर दिल्ली राजस्थानलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ  । यस्तै  ७ खेलमा ३ मा जित र ४ मा हार सहित पुछारबाट दोस्रो स्थानमा रहेको राजस्थान अंक तालिका सुधार गर्न चाहन्छ । 

जारी सिजनको पहिलो खेलमा दिल्लीले राजस्थानलाई ४६ रनले पराजित गरेको थियो । आइपिएलमा दिल्ली र राजस्थानबीच कुल २१ खेल भएका छन् । जसमा दिल्लीले १० र  राजस्थानले ११ खेलमा जीत हात पारेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप