सेयर बजारमा दबाब, ७.४२ अंकले घट्यो
काठमाडौं । बुधबार (असोज २८) नेप्से सूचक ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा आइपुगेको छ । १९५ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ३.५९ अंकले घटेको छ ।
सानिमा बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशतले कमाएका छन । नेपाल फाइनान्सको पनि भाउ ९.७५प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो पावरको भाउ सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।
दशै तिहार जस्ता महान चाडहरु नजिकिदै छन् । लगानीकर्ताहरु खर्च जोहो गर्न थालेका छन् जसका कारण खरिद बिक्रिमा चाप परेको छ । अर्कोतर्फ लगानीकर्ताहरु प्रथम त्रैमासमा बैंकको साँवा र ब्याजको भुक्तानी गर्नका लागि पनि दबाब पर्ने गर्दछन् । यसकारण पनि बजारमा दबाव परेको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुरलाई धरौटीमा छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत
-
विदेश पठाउँछु भनेर ठगेको आरोपमा दुईजना पक्राउ
-
ग्रिन हाइड्रोजन उत्पादनका लागि केयूले ऊर्जा डेभलपर्ससँग साझेदारी गर्ने