शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रज्ञाको ‘दर्शनावली’ नियमित

बुधबार, २८ असोज २०७७, १५ : १३
बुधबार, २८ असोज २०७७

काठमाडौं । कोभिड १९ को विषम स्थितिमा पनि नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्रसम्बन्धी एकमात्र वार्षिक प्रकाशन ‘दर्शनावली’को सातौँ अङ्क प्रकाशित भएको छ । दर्शनशास्त्र विभागका प्रमुख प्राध्यापक जगत् उपाध्याय ‘प्रेक्षित’ र विभागका पूर्व प्रमुख विष्णु प्रभातको सम्पादनमा वार्षिक रूपमा प्रकाशन हुँदै आएको ‘दर्शनावली’ दर्शनशास्त्रको अध्ययन र अनुसन्धान गर्न चाहने पाठकका लागि महत्वपूर्ण र उपयोगी मानिएको छ ।

डा.वेदराम भुसाल, प्रा ‘प्रेक्षित’, प्राडा. गोपीन्द्र पौडेल, प्रभात, प्राडा देवीप्रसाद सुवेदी, नारायणप्रसाद आचार्य, रामराज रेग्मी, समीर सिंह, डा.नारायण चालिसे, डा.भक्त राई, शीतल गिरी, अभय शर्मा, डा.रामदेव पण्डित र नेत्र आचार्यका विभिन्न दर्शनसँग सम्बन्धित विविध अनुसन्धानमूलक लेख समेटिएका छन् ।  

उक्त ‘दर्शनावली’ कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सातै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप