अफगानिस्तानः तालिबानले शान्तिवार्ताबीच गर्यो ठूलो हमला, सुरु भयो युद्ध

अफगानिस्तानको हेलमंद प्रान्तमा सरकारी सैन्यबल तालिबान लडाकूबीच भारी युद्ध चलिरहेको छ जसका कारण त्यहाँका हज्जारौं परिवार आफ्नो घर छोडेर भाग्नु परिरहेको छ ।
बुधबार यो हिंस्रक संघर्षको तेस्रो दिन हो । अफगान सैनिक रणनीतिक रुपमा महत्वपूर्ण प्रान्तको राजधानी लश्कर गाहलाई तालिबानको हमलाबाट बचाउने कोसिस गरिरहेको छ ।
गत महिना अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ता सुरु भएको थियो । त्यसपछि दुबै पक्षबीच पहिलो पटक लडाईं सुरु भएको छ ।
अफगान सैन्यबल तालिबानको हिंसाको जवाफ दिइरहेको छ र अमेरिकी हवाई हमला उनीहरुको जवाफी कारवाहीमा मद्दत गरिरहेको छ ।
यसअघि अफगानिस्तानमा नेटोका प्रमुख अमेरिकी जनरल स्कट मिलरले शान्ति वार्तालाई नजरअन्दाज गरेको र फेब्रुअरीमा भएको सम्झौताको उल्लंघन गरेको भन्दै तालिबानको निन्दा गरेको थियो ।
भारी हिंसाबीच हेलमन्द र छिमेकी कांधार प्रान्तमा बिजुलीको आपूर्ती बन्ध छ । तालिबानले यहाँ सोमबार एक पावर सब–स्टेशनमा हमला गरेको थियो ।
थुप्रै दूर संचार नेटवर्क पनि ठप्प भएको छ । हालसम्म करिब ५ हजार परिवार वा लगभग ३५ हजार मानिसहरु आफ्नो घरबाट भाग्नुपरेको छ । यीमध्ये कति मानिसहरुले छिमेकमा शरण लिएको खबर छ ।
अफगान शान्ति वार्ता र तालिबान–अमेरिकाबीच सम्झौताः
तालिबानको यो हमला र हिंसा यसकारण पनि थप चिन्ताजनक छ किनभने पछिल्लो केही महिनाको घटनाक्रमलाई हेरेर शान्तिको थोरै नै सही तर आशा पक्कै पनि जताइँदै थियो ।
यसै वर्ष फेब्रुअरीमा १८ वर्षको भयानक युद्धपछि अमेरिका र तालिबनाले शान्ति बहालीका लागि सम्झौता गरेका थिए ।
यसै सम्झौता अनुरुप अमेरिका र नेटो सहयोगीले यदि तालिबानका लडाकूले सम्झौताको पालना गर्छन् भने उसले १४ महिनाभित्र अफगानिस्तानसँग आफ्नो सैनिकलाई फिर्ता बोलाउने बचन दिएका थिए ।
सम्झौता अनुसार तालिबानले आफ्नो नियन्त्रण भएको इलाकामा अल–कायदा वा कुनै अन्य चरमपन्थी समूहलाई पुग्न नदिन सहमती भएको थियो ।
यता थुप्रै महिनाकोे ढिलाई पछि अन्त्यमा कतारमा अफगानिस्तान–तालिबान शान्तिवार्ताको सुरुवात भएको थियो ।
यो ऐतिहासिक शान्तिवार्ताले वर्षौंदेखि युद्धको छायामा घेरिएको अफगानिस्तानका लागि आशा जताइँदै थियो । तर अब हेलमन्दमा जारी हमलापछि यो आशा धुमिल भएको छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प
-
महाशिवरात्रिमा किन गर्ने शिवको पूजा ?
-
ढाकास्थित नेपाली दूतावासमा सेना दिवस र साहित्यिक महोत्सव सम्पन्न
-
भद्रपुर झापा गोल्डकप : दोस्रो सेमिफाइनलमा झापा ११ र भुटानको डागा युनाइटेड भिड्दै
-
स्पेनका लागि नेपालका राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल र म्यानमारबिच आज उपाधि भिडन्त