मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कोलम्बसकी कान्छी बनिन् अलिसा

बुधबार, २८ असोज २०७७, १० : ५५
बुधबार, २८ असोज २०७७

काठमाडौं – लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली फिल्म तथा गीतसंगीतमा पनि जनाउने भएको छ । 

यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माण रहेको गीत ‘कोलम्बस कि कान्छी..’सार्वजनिक भएको छ । ओम सुनारको स्वर तथा संगीत रहेको गीतको शब्द तारा फूयालले कोरेकी हुन् । 

‘नेपाली बिद्याथीलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायत मुलुकमा जान पुलको काम गर्दै आइरहेका हामी । अब मनोरन्जन क्षेत्रको पनि बिकाशमा जोडीने जमर्कोका काम सुरु गरेका हौँ’ ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका सुनील उप्रेतीले बताए ।

मौसम हिमालीको निर्देशन रहेको भिडियोमा अलिशा शर्मा र डिमोन क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप