मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

उमेरको भिन्नतालाई वास्ता नगरी विवाह गरेका यी जोडी, दर्शकमाझ छन् चर्चित

बुधबार, २८ असोज २०७७, ०९ : १०
बुधबार, २८ असोज २०७७

कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुको विवाहमा ब्रेक लागेको छ । विवाहको मौसम सुरु हुनै लाग्दा बलिउड फिल्म इन्डष्ट्रिका सिंगल पनि अब मिंगल हुने तयारीमा छन् । हालै बलिउड गायिका नेहा कक्कडको विवाहले निकै चर्चा पाएको छ । भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार नेहा कक्कड र पंजाबी गायक रोहनप्रीत सिंह चाँडै नै विवाह बन्धनमा बाँधिदैछन् ।

हाल उनीहरुको विवाहका लागि कुनै निश्चित मिति तय भइसकेको छैन तर स्रोतका अनुसार नेहा र रोहनप्रितको विवाह अक्टोबर २४ मा सम्पन्न हुनेछ । यी दुईको विवाह यसकारण पनि चर्चामा छ कि नेहा रोहनप्रितभन्दा सात वर्ष जेठी छिन् । नेहा ३२ वर्षकी छिन् भने रोहनप्रित २५ वर्षका । नेपाली समाज झैं भारतीय समाजमा पनि श्रीमानभन्दा श्रीमतीको उमेर बढी भए, यो असाधारण हुन्छ त्यसैले चर्चाको विषय बन्ने गर्छ । तर विवाह भनेको दुई आत्माको मिलन हो । एक अर्कामा पारस्परीक विश्वास, सम्मान र प्रेम छ भने उमेर त के ‘इन्द्रको बाउ चन्द्र’ आएपनि केही लाग्दैन । श्रीमान् श्रीमतीभन्दा २० वर्ष जेठो हुँदा पनि सामान्य मान्ने हाम्रो समाजले श्रीमती जेठी हुँदा पनि यसलाई सामान्य रुपमा नै हेर्नुपर्दछ । आखिर जेठी श्रीमती विवाह गर्दा आकाश नै खस्ने पनि त होइन । कान्छा श्रीमान भएका श्रीमती र उनीहरुको जोडी उदाहरणीय बनेको छ । जेठा श्रीमान् विवाह गरेका सबै श्रीमती खुसी र सुखी छन् भन्नु पनि गलत हुनेछ । महत्पपूर्ण कुरा भनेको माया हो, प्रेम हो, सद्भाव हो र एकअर्कालाई दिने सम्मान हो ।

यहाँ आज हामी त्यस्तै जोडीबारे चर्चा गर्नेछौं जसमध्ये कोही उदाहरणीय बन्न सफल भएका छन् भने कसैको धेरै वर्षसम्म सम्बन्ध टिक्न सकेन ।

बिपाशा बसु, करण सिंह ग्रोवरः

बिपाशा बसु र करण सिंह ग्रोवरमा तीन वर्षको उमेर भिन्नता छ । बिपाशा करणभन्दा तीन वर्ष जेठी छिन् । यी दुईले सन् २०१६ मा विवाह गरेका थिए । करणको यो तेस्रो विवाह हो तर अहिलेसम्म बिपाशासँग उनको सबैभन्दा राम्रो ट्युनिङ देखिएको छ ।

सैफ अली खान, अमृता सिंहः

सैफ अली खान अमृता सिंहभन्दा १२ वर्ष कान्छा छन् । दुबैले सन् १९९१ मा विवाह गरेका थिए त्यसपछि उनीहरुको सन् २००४ मा सम्बन्धविच्छेद भयो । अब सैफले आफूभन्दा १० वर्ष कान्छी करिना कपुरसँग विवाह गरेका छन् ।

कुणाल खेमू र सोहा अली खानः

कुणाल खेमू श्रीमती सोहा अली खानभन्दा पाँच वर्ष कान्छा छन् । यी दुई विवाह अघि लिभ–इनमा बसेका थिए, त्यसपछि मात्रै उनीहरुले विवाहको निर्णय गरेका थिए । उनीहरुले सन् २०१५ मा विवाह गरेका थिए । उनीहरुका एक छोरी इनाया नाओमी खेमू छिन् ।

अर्चना पूरन सिंह, परमीत सेठीः

अर्चना पूरन सिंह आफ्ना श्रीमान परमीत सेठीभन्दा सात वर्ष जेठी छिन् । उनीहरुको सन् १९९२ मा विवाह भएको थियो । यी दुई आजसम्म पनि एक–अर्कासँग निकै खुसी छन् ।

ऐश्वर्या राय, अभिषेक बच्चनः

ऐश्वर्या राय आफ्ना श्रीमान् अभिषेक बच्चनभन्दा दुई वर्ष जेठी छिन् । तर उनीहरुको सम्बन्धमा उमेर भिन्नताले केही मान्यता राख्दैन । यी दुईका एक छोरी आराध्या बच्चन छिन् । ऐश्वर्या र अभिषेक आफ्नो वैवाहिक जीवनमा असाध्यै खुसी छन् ।

प्रियंका चोपडा, निक जोनसः

प्रियंका चोपडा र निक जोनसमा १० वर्षको उमेर भिन्नता छ । निक प्रियंकाभन्दा १० वर्ष कान्छा छन् । तर उमेरमा उनीहरुको सम्बन्धमा कहिले पनि दरार निम्त्याएन । उनीहरुले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए र उनीहरु निकै खुसी भएर वैवाहिक जीवन व्यतित गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप