अब कोभिड—१९ को परीक्षण एन्टिजेनबाट पनि
सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ ।
रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए ।
उनका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् ।