शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बहुप्रतिष्ठित मोटरसाइकल ‘जाभा’ भर्चुअल माध्यमबाट आज सार्वजनिक हुँदै

मङ्गलबार, २७ असोज २०७७, १७ : ०७
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । भारतमा लोकप्रिय बनेको मोटरसाइकल जाभा आज नेपालमा भर्चुअल माध्यमबाट सार्वजनिक हुँदैछ । जाभाका लागि नेपालको आधिकारिक वितरक अग्नि मोटो इंकले साँझ ७ बजे विशेष प्रस्तुतिसहित भर्चुअलमाध्यम मार्फत जाभा सार्वजनिक गर्न लागेको हो । 

उक्त मोटरसाइकलको लन्चिङ शो नेपालका प्रमुख अनलाइन मिडिया रातोपाटीसहित अनलाइन खबर, सेतोपाटी र बिजमान्डुमार्फत एकैपटक लाइभ गर्ने तयारी गरिएको छ । आज सार्वजनिक हुँदै गरेको जाभा भोलिदेखि नै विक्रिवितरणका लागि काठमाडौं स्थित कम्पनीका दुई शोरुमहरु टेकु र उत्तरढोका शोरुमहरुमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । 

कम्पनीको विश्वास अनुसार जाभा मोटरसाइकल चेक रिपब्लिकको erstwhile Czechoslovakia शहरमा ९० वर्षको इतिहास बोकेको बहुप्रतिष्ठित ब्रान्ड हो । 
पुराना दिनहरूमा १२० वटा भन्दा बढी राष्ट्रमा क्लासिक, राम्रो इन्जिन क्षमताका साथ एकदमै राम्रो डिजाइनमा जाभा मोटरसाइकल बिक्री वितरण भइरहेको छ ।

१९६० को दशकमा यो बाइक भारतीय बजारमा प्रवेश गरेको थियो । यो बाइक निकै सुन्दर र बलियो भएकाले यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । उत्कृष्ट लुक्स, पावर पिकअप र विशेषताकै कारण पछिल्लो समय जाभाले संसार भर प्रसिद्धि कमान सफल भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप