शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भैरहवामा गाडीको ठक्करबाट फलफूल व्यापारीको मृत्यु

मङ्गलबार, २७ असोज २०७७, १४ : ३४
मङ्गलबार, २७ असोज २०७७

बुटवल । रुपन्देहीको भैरहवामा स्कारपियो गाडीले फलफुल बेच्ने ठेलालाई ठक्कर दिँदा ठेला चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–६ दयापथका ४० वर्षीय बिनोद मल्लाह रहेका छन् । 

सिद्धार्थनगर नगरपालिका–८ नारायणस्थान नजिकै भित्री सडकखण्डमा लु १ य ८ नं. को स्कारपियो गाडीले हिजो साँझ बाटोको साईडमा फलफूल बेच्ने ठेलालाई ठक्कर दिएको थियो । बिनोदको उपचारको क्रममा भिम अस्पताल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप