शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तर कोरियाली नेता किम जोङलाई के कुराले भावुक बनायो ?

मङ्गलबार, २७ असोज २०७७, १३ : १२
मङ्गलबार, २७ असोज २०७७

हतियारसँग जोडिएको आफ्नो निर्णय र कठोरताका लागि परिचित उत्तर कोरियाली नेता किम जोङ उन शनिबार आयोजित सैन्य परेडको क्रममा भाषण दिँदा दिँदै भावुक भए ।

उत्तर कोरियाली नेता किम जोङ उनलाई सार्वजनिक रुपमा भावुक भएको देखिएको सम्भवतः यो पहिलो मौका हो । 

आफ्नो भाषणमा उनले बलिदान दिने सैनिकलाई धन्यवाद भने । आफ्नो सम्बोधनमा उत्तर कोरियाली जनताको जीवन राम्रो बनाउन नसकेकोमा नागरिकसँग माफी पनि मागे ।

न्यूज एजेन्सी रोयटर्सको खबर अनुसार किम जोङ उनले आफ्नो पार्टीको ७५ औं वर्षगाँठको अवसरमा नागरिकलाई सम्बोधन गर्दै विनाशकारी आँधी र कोरोनाभाइरस महामारीको संक्रमणलाई रोक्न महत्वपूर्ण भूमिका निभाएकोमा सेनालाई धन्यवाद पनि दिए ।

राज्य प्रशासित टेलिभिजन स्टेशनले एउटा भिडियो फुटेज जारी गरेको छ । यो फुटेज एडिट गरिएको छ जसमा किम आँखामा आँसुसहित उभिएका छन् । एकपटक त यस्तो लाग्छ कि उनको गला अवरोध भएको छ र उनी आँसु पुछिरहेका छन् ।

जारी भिडियोमा किमलेण् आभार प्रकट गरिरहेको सुन्न सकिन्छ ।

‘म आभारी छु कि एकजना पनि उत्तर कोरियाली जनता कोरोनाभाइरसद्वारा संक्रमित भएका छैनन् ।’ यद्यपि, अमेरिका र दक्षिण कोरियाले उनको दाबीमाथि आशंका जताइसकेका छन् ।

यो मौकामा किमले सर्वसाधारणसँग माफी माग्दै भने, ‘कोरोनाको रोकथामको उपाय, अमेरिकी प्रतिबन्ध र थुप्रै आँधीका कारण हामीले जुन स्तरमा मानिसहरुको जीवनमा सुधार ल्याउन चाहन्थ्यौं र जुन बाचा गरेका थियौं, त्यसलाई त्यो स्तरमा पूरा गर्न सकेनौं ।’

उनले आफ्नो सम्बोधनमा थपे, ‘मेरो प्रयास र यसबारे मेरो सोच हाम्रा जनतालाई उनीहरुको कठिन जीवनबाट छुटकारा दिलाउनका लागि पर्याप्त छैनन् । यति हुँदा पनि हाम्रा जनताले हामीमाथि नै पूरा विश्वास गरे र हरेक कदममा मेरो निर्णय र संकल्पको समर्थन गरे ।’

परमाणु हतियार र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण उत्तर कोरियामा पहिलेदेखि नै थुप्रै अन्तर्राष्ट्रिय प्रतिबन्ध लागू भएका छन् जसको सीधा असर यसको अर्थव्यवस्थामा पनि परेको छ ।

यसका साथै कोरोनाभाइरस महामारी रोक्नका लागि गरिएको प्रयास अनुरुप देशले लगभग सबै सीमा यातायात बन्द गरेको छ, जसका कारण त्यहाँको अर्थव्यवस्था थप खराब स्थितीमा गुज्रिरहेको छ ।

संयुक्त राष्ट्रले त्यहाँका करिब ४० प्रतिशतभन्दा बढी मानिसहरुले खानाको कमीसँग जुध्नु परिरहेको बताएको छ । त्यहाँ गर्मीमा आउने बाढी र आँधीले यो आँकडा थप ठूलो हुनसक्ने अनुमान गरिएको छ ।

न्यूज एजेन्सी रोयटर्सका अनुसार भावुक किमलाई देखेर दर्शक दीर्घामा बसेका थुप्रै मानिसहरुको आँखा रसाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप