बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३२० किलो सुन तस्करीको धन्दा : यसरी भयो पर्दाफास

नक्कली नेपाली नागरिकता बनाएर तस्करी
मङ्गलबार, २७ असोज २०७७, ११ : ५८
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरण कुनै समय बजारको ‘हटकेक’ बन्यो । यो प्रकरणमा प्रहरादेखि राजनीतिक दलका नेता र उच्च प्रशासकहरुको समेत सहभागिता रहेको चर्चा चल्यो । साढे २ वर्षभन्दा बढी भइसक्दा पनि यो प्रकरणको अन्तर्य खुल्न सकेको छैन । यो प्रकरण करिब ३० करोड रुपैयाँको मात्रै हो ।

स्वास्थ्य सामाग्री खरिदका क्रममा घोटाला भएको घटना कोभिड–१९ को महामारीको बीचको अर्को चर्चाको विषय बन्यो । यसमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीदेखि स्वास्थ्य मन्त्रालयका अधिकारी र स्वास्थ्य सेवा विभागका तात्कालिन महानिर्देशकसम्म शंकाको घेरामा तानिए । तर, त्यो प्रकरणमा करिब १५ करोडको टेन्डर भएको थियो ।

बजारमा चर्चित यी घटनाहरुका पछाडि केही नैतिक र केही राजनीतिक स्वार्थ जोडिएका थिए । सुशासन कायम गर्न खटिने सुरक्षा अधिकारीहरु संलग्न हुने तस्करी हुनु, एउटा अमुक कम्पनीको पक्षमा राज्यशक्ति नै लाग्ने परिपाटी आफैंमा बढी महत्वपूर्ण थियो । तर, यी प्रकरणहरुको आर्थिक मूल्य भने तुलनात्मक रुपमा कम मात्रै थिए ।

राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनाली भन्छन्, ‘सोनिका ज्वेलर्सको नाममा वार्षिक १६/१७ करोडको कारोबार मात्रै भएको देखिएको छ । तर, एकैदिनमा करोडौँ रुपैयाँको बैङ्क कारोबार भएपछि शंका लागेको थियो ।’

राजश्व अनुसन्धान विभागले हालैमात्र करिब ३ क्वीन्टल सुनको अवैध तस्करी भएको तथ्य फेला पारेको छ । त्यसको आर्थिक मूल्य अढाई अर्ब रुपैंयाभन्दा माथि छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार विभिन्न मितिमा गरेर करिब ३२० किलो सुनको तस्करी भएको पत्ता लागेको छ ।

९ महिनाको अनुसन्धानपछि खुल्यो रहस्य

रुपन्देही जिल्लाको सिद्धार्थनगरमा एउटा सुन पसल छ, जसको नाम हो, सोनी ज्वेलर्स । त्यो पसल खासै चलेको पसल पनि हैन । त्यहाँ खासै ठूलो चहलपहल पनि हुँदैन । सिद्धार्थनगर क्षेत्रकै अरु पसलमा बरु धेरै चर्चित छ, तर त्यो पसल त्यति चर्चित पनि होइन । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनाली भन्छन्, ‘सोनिका ज्वेलर्सको नाममा वार्षिक १६/१७ करोडको कारोबार मात्रै भएको देखिएको छ । तर, एकैदिनमा करोडौँ रुपैयाँको बैङ्क कारोबार भएपछि शंका लागेको थियो ।’

सो ज्वेलर्सको नाममा अवैध रुपमा सुनको कारोबार हुने गरेको सूचना विभागलाई अघिल्लो पुसमै सूचना आएको थियो । सूचनाका आधारमा विभागले सो ज्वेलर्समाथि निगरानी गर्दै आएको थियो । तर, असार ३० गते विभागलाई थप विश्वसनीय सूचना प्राप्त भयो । बोरामा पैसा हालेर एउटा गाडी भैरहवाबाट वुटबल जाँदैछ भन्ने सूचना आएपछि तत्कालै विभागअन्तर्गतका प्रहरीले सो गाडीलाई पक्राउ गरेको थियो । विभागले सो समयमा कर छलिका मुख्य नाइके सुनिल सुनार र उनका मतियार अमित परियारलाई पक्राउ गरेको थियो ।

त्यो गाडीमा ७५ लाख रुपैयाँ फेला परेको थियो भने पसलमा छापा मार्दा थप २५ लाख नगद र खरिदको कुनै प्रमाण नभएको १ केजी सुन समेत बरामद गरेको थियो ।

पक्राउ परेपछि विभागले उनीहरुउपर लामो समय अनुसन्धान गर्यो । पक्राउ परेको करिब ३ महिनापछि मात्रै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । यो अवधिमा उनीहरुको वित्तीय कारोबारको विवरण र सुनको बिक्री गरिएको पसलबारे अनुसन्धान भएको महानिर्देशक मैनालीको भनाइ छ ।

तस्करीको आशंका

पक्राउ परेपछि विभागले उनीहरुउपर लामो समय अनुसन्धान गर्यो । पक्राउ परेको करिब ३ महिनापछि मात्रै उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । यो अवधिमा उनीहरुको वित्तीय कारोबारको विवरण र सुनको बिक्री गरिएको पसलबारे अनुसन्धान भएको महानिर्देशक मैनालीको भनाइ छ ।

‘हामीले संलग्न भएका व्यक्तिहरु र उनीहरुसँग सम्बन्धित व्यक्तिको बैङ्क खातामा भएका कारोबारहरुको अनुसन्धान गर्यौं । उनीहरुले गरेको कुराकानीलाई डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गराएर प्रमाण संकलन गर्यौ । पर्याप्त प्रमाण भएपछि मात्रै हामीले मुद्दा दायर गरेका हौँ,’ मैनालीले भने ।

अनुसन्धानले उनीहरुले ल्याएको सुन नेपालमा बिक्री गर्ने नभइ भारततिर तस्करी गर्ने गरेको पत्ता लागेको मैनालीले बताए । सुन कहाँबाट आयो ? खुलेको छैन । तर, अहिलेसम्म नेपालमा उनीहरुले सुन बिक्री गरेको पाइएको छैन । उनीहरुले यहीँ बिक्री गर्ने भन्दा पनि भारतमा तस्करी गर्ने गरेको निष्कर्ष विभागको छ । यी सबै सुनको तस्करी विगत २ वर्षको अवधिमा भएको समेत विभागले जनाएको छ ।

कर छलिमा संलग्न सुनिल सुनार भारतीय नागरिक हुन् । सुन तस्करीकै लागि उनले नक्कली नेपाली नागरिकता बनाएको पनि अनुसन्धानमा खुलेको छ । तर, विभागले अदालतमा भने कर छलीको मुद्दा मात्रै चलाएको छ ।

नक्कली नागरिकताको अर्को अपराध

त्यसो त, कर छलिमा संलग्न सुनिल सुनार भारतीय नागरिक हुन् । सुन तस्करीकै लागि उनले नक्कली नेपाली नागरिकता बनाएको पनि अनुसन्धानमा खुलेको छ । तर, विभागले अदालतमा भने कर छलीको मुद्दा मात्रै चलाएको छ ।

सुनमा भन्सार र आयकर मात्रै लाग्छ, भ्याट लाग्दैन । सोही अनुसार राजश्व अनुसन्धान विभागले २ अर्ब २३ करोडको भन्सार र करिब १६ करोडको आयकर समेत गरि करि २ करोड ३९ लाखको बिगोसहित मुद्दा चलाएको छ । ‘हाम्रो कार्यक्षेत्र राजश्व छलीको अनुसन्धान मात्रै भएकोले हामीले सोही अनुसार मुद्दा चलाएका छौँ । नक्कली नागरिकता लगायतको विषय गृह मन्त्रालयले हेर्ने भएकोले हामीले मन्त्रालयलाई कारबाहीका लागि लेखेर पठाएका छौं’ मैनालीले भने ।

अभियुक्तलाई हिरासतमै कोरोना

अनुसन्धानमा ढिलाइ हुनुको कारण कोरोना संक्रमण पनि हो । तस्करी आरोपमा हिरासतमा लिएका दुवैजनालाई योबीचमा कोरोना संक्रमण देखियो । एकजनालाई सामान्य रुपमा निको भयो भने अर्कालाई भने अस्पताल भर्ना गर्नुपर्ने अवस्था समेत आयो । त्यसैले अनुसन्धान प्रभावित भएको हो ।

‘अहिले दुवैजना कोरोनामुक्त भइसकेका छन् । संक्रमणमुक्त भएपछि अदालतमा मुद्दा दायर गरेका छौं । योबीचमा हामीले तस्करीको बलियो प्रमाण समेत जुटाएका छौँ’ मैनालीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप