लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति चौधरीलाई कोरोना पुष्टि

बुटवल – लुम्बिनी प्रदेशसभाका लेखा समिति सभापति डिल्ली बहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ ।
नेपाली काँग्रेसका नेता तथा दाङ निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित लुम्बिनी प्रदेशसभाका सांसद डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालले जनाएको छ । उनलाई गएराति संक्रमण पुष्टि भएको हो ।
लुम्बिनी प्रदेशका लेखा समितिका सभापति एवम् पूर्व श्रम राज्यमन्त्री समेत रहेका सांसद चौधरीलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पतालमा भर्ना गरिएको जनाएको छ ।
तर स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको अस्पतालले जनाएको छ । यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति अव्दुल रञ्जाकलाई कोरोना गएराति पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि कोरोना परिक्षण गर्दा गयराती लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना पुष्टि भएको छ । सभापति रञ्जाकलाई अहिले भैरहवाको युसिएमएस कलेजमा भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिगामी झन्डा उठाउने प्रधानमन्त्रीको निकटका हुन् : माओवादी केन्द्र
-
सम्पदामा राजनीति नगरौँ : उपप्रमुख डंगोल
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षामन्त्रीको आग्रह
-
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता
-
‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’
-
रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड