भक्तपुर हत्या प्रकरण : जग्गा हेर्ने निहुँमा लुटपाट, तीनजना पक्राउ
काठमाडौँ । जग्गा हेर्ने बहानामा कुटपिट गरी चाँगुनारायण–८ सुडाल बस्ने ६१ वर्षीय चन्द्र लामा वाईवाको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई बौद्धबाट पक्रेको हो ।
गत बुधबार अर्थात २१ असोजमा भक्तपुरको चाँगुनारायणमा जग्गा खोज्दै गएका तीनजनाको कुटपिटबाट स्थानीय व्यापारी समेत रहेका वाईवाको अर्कोदिन (बिहीबार) ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले हातमा लगाएको दुइतोला सुनको ब्रासलेट र दुईवटा मोवाइल र १ तोलाको सुनको सिक्री लिएर उनीहरु फरार भएका थिए । फरार उनीहरुलाई महाशाखाले ७ दिनपछि पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकका ३७ वर्षीय कामी शेर्पा, सिन्धुपाल्चोककै २८ वर्षीय रमेश तामाङ र ३० वर्षीय प्रेम तामाङ रहेका छन् । हत्याको मुख्य योजनाकार कामी शेर्पा रहेको महाशाखाका प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।
एसएसपी थापाका अनुसार वाईवालाई मुख्यगरी कुटपिट गर्ने रमेश तामाङ हुन् । प्रेम तामाङले वाईवालाई समात्न सहयोग गरेका पाइएको एसएसपी थापाले बताए । महाशाखाले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
उनीहरुको काम नै जग्गा हेर्ने निहुँमा लुटपाट गर्ने खुलेको एसएसपी थापाले बताए । ‘तडकभडक देखाउनुपर्छ भन्ने मनासय बोकेर बिहान–बिहान जिम जाने । अनि जग्गा हेर्ने भन्दै लुटपाट गर्ने उनीहरुको दैनिकी रहेको खुलेको छ,’ एसएसपी थापाले भने ।

यस्तो थियो घटना ?
सुडालस्थित आफ्नै घरमा वाईवाको किराना र मदिराको पसल छ । बुधवार अर्थात २१ असोजमा मध्यान्ह पसलमा आएका दुईजनाले बियर खाएपछि जग्गा हेर्ने कुरा गरेका थिए । वाईवा जग्गाको काम पनि गर्थे । पसलमा आएका ग्राहकले ‘जग्गा हेरौं’ भनेपछि उनी जग्गा देखाउन हिँडे ।
घरबाट करिब ५ सय मिटर माथि इँटाभट्टामा पुगेपछि जग्गा खोज्नेले अचानक उनलाई नै आक्रमण गरे । निर्घात कुटेर बेहोस बनाएपछि वाईवाले लगाएको गरगहना र मोबाइल लुटेर उनीहरु भागे ।
कुटपिटबाट गम्भीर घाइते वाईवालाई स्थानीयले देखेपछि तत्कालै मध्यपुर अस्पताल लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरियो । ग्रिनसिटीमै उपचारका क्रममा बिहीबार उनको मृत्यु भयो ।
लगत्तै महाशाखाको टोलीले वाईवाको हत्यामा संलग्न व्यक्तिहरुको खोजीकार्यमा परिचालन भयो । अन्ततः ७ दिनको प्रयासपछि चन्द्रको हत्यामा संलग्नलाई पक्राउ गर्न सफल भएको महाशाखाका एसएसपी थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
