चुनाव प्रचारमा फर्किएका ट्रम्पले भने, ‘अब सबैलाई चुम्न सक्छु’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाबाट संक्रमित भएपछि पहिलो पटक चुनाव र्याली गरेका छन् । एक दिन अघि मात्रै उनका डाक्टरले उनको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको बताएका थिए ।
फ्लोरिडामा आयोजित उनको लगभग एक घण्टा लामो भाषणमा उत्साहित समर्थक सामू उनले भने, ‘ म अब शक्तिशाली महसुस गरिरहेको छ र र्यालीमा आएका हरेक व्यक्तिलाई चुम्न सक्छु किनभने अब म यो रोगबाट इम्युन भइसकेको छु ।’
उनले आफ्नो भाषणमा त्यहि कुरा गरे जुन उनले गर्दै आएका छन् । जस्तै उनले आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई बामपन्थी खेमाको पुत्ला बताए र मिडियालाई पक्षपाती बताए ।
प्रदेशको सेन्फर्ड शहरमा भएको र्यालीमा सामाजिक दुरीको कुनै पालना गरिएन न नै मानिसहरुले मास्क लगाएका थिए ।
३ नोभेम्बरमा हुन लागेको चुनावमा अब तीन हप्ता मात्रै समय बाँकी छ ।
ट्रम्पका प्रतिद्वन्द्वी नो बाइडेन मतदान पूर्व सर्वेक्षणमा १० अंकले अघि बढिरहेका छन् । यद्यपि, केही महत्वपूर्ण प्रदेशमा यो अन्तर खासै धेरै छैन ।
डोनल्ड ट्रम्प ११ दिन अघि कोरोना संक्रमित पाइएका थिए जसका कारण उनलाई वाल्टर रिड मेडिकल सेन्टरमा भर्ना गरिएको थियो ।
तर गत आइतबार उनका नीजि डाक्टरले अब उनीबाट कसैलाई पनि कोरोना संक्रमण हुने खतरा नभएको बताएका थिए ।
त्यसको एकदिन पछि अर्थात् सोमबार उनले ट्रम्पको सबै परीक्षण नेगेटिभ आएको बताएका थिए । यद्यपि, उनले ती परीक्षण कति दिनमा गरिएको थियो भन्ने जानकारी दिएनन् ।
फ्लोरिडामा आफ्नो भाषणमा कोरोना संक्रमणबाट निको भइसकेपछि राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरुले भनिरहेका छन् कि म इम्युन हुँ । मलाई पनि म शक्तिशाली भइरहेको महसुस भइरहेको छ । म तपाईंहरुको बीचमा आएर जोसुकैलाई चुम्न सक्छु । म पुरुषलाई पनि चुम्नेछु र सुन्दर महिलालाई पनि । म तपाईंहरुलाई एउटा ठूलो मोटो चुम्बन दिनेछु ।’
डोनल्ड ट्रम्पले दुई अक्टोबरमा आफू र श्रीमती मेलानिया ट्रम्प कोरोनाद पोजेटिभ भएको जानकारी दिएका थिए ।
उनले आफैंले ट्वीट गरेर उनी आफ्नी श्रीमतीसहित क्वारेन्टिनमा बस्ने बताएका थिए ।
ट्रम्पले महामारी सुरु हुँदा पनि यो भाइरसलाई खासै गम्भीरतापूर्वक लिएका थिएनन् ।
सुरुवाती समयमा उनी मास्क पनि लगाउँदैनथे । साथै उनी लकडाउन गर्ने पक्षमा पनि थिएनन् ।
तर फ्लोरिडाको र्यालीलाई हेर्दा यस्तो लाग्दैन कि संक्रमणपश्चात् उनको सोचमा परिवर्तन आएको छ । यसपछि पनि उनी अबको केही दिनमा पेन्सिल्वेनिया, आयोवा र नर्थ क्यारोलाइनामा पनि र्याली गर्ने तयारीमा छन् र त्यहाँ पनि सामाजिक दुरीलाई ध्यानमा राखिने कुरामा धेरैले शंका व्यक्त गरेका छन् ।
ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडेनले राष्ट्रपतिको व्यवहारको निन्दा गरेका छन् । उनले भने, ‘राष्ट्रपति ट्रम्प आज स्यानफर्ड आए र पुनः गैरजिम्मेवारीयुक्त मानिसहरुलाई विभाजन गर्ने र मानिसहरुलाई तर्साउने कुरा गरेर गए ।’
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान
-
फिल्म उद्योगका मानिस चिन्न निर्माण क्षेत्रमा आउनुपर्ने रहेछ : नायिका ढुंगाना
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित