बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

मङ्गलबार, २७ असोज २०७७, ०७ : ३१
मङ्गलबार, २७ असोज २०७७

अछामको साँफेबगर नगरपालिका–७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परी ट्र्याक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप