अमेरिकी सर्वोच्च अदालतमा ब्यारेटको नियुक्ति सदरका लागि सुनुवाइ सुरू
एजेन्सी । अमेरिकामा सर्वोच्च अदालतले एम्मी कोनी ब्यारेटको नियुक्तिलाई सदर गर्ने वा नगर्ने सम्बन्धमा सोमबारदेखि सुनुवाइ सुरु भएको छ । व्यारेटलाई पूर्व न्यायाधीश रूथ बडर जिनसबर्गको स्थानमा ल्याउन राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको सङ्घारमा निकै जोड गरेका हुन् ।
रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी सेनेटले सर्वोच्च अदालतमा पुनरावेदनकी ४८ वर्षीय न्यायाधीश ब्यारेटलाई ल्याएर न्यायलयमा रिपब्लिकनको पकडलाई बलियो बनाउन चाहेको देखिन्छ । संघीय छुट्टीमा सिनेटको न्यायपालिका समितिको बैठकले कोरोनाभाइरस महामारीको कारण परिवर्तन भएको परिपेक्षमा भन्दै कार्यक्रमलाई छोट्रयाई चार दिने सुनुवाई गर्न लागेको हो ।
सुनुवाईका लागि केही सिनेटरहरु टाढाबाट सहभागिता जनाएका छन् । सुनुवाईको लागि महामारीबीच सार्वजनिक स्वास्थ्य चिन्ताहरुलाई ध्यानमा राखेर छलफलस्थलको व्यवस्था गरिएको छ । सिनेटर लिन्डसे ग्राहमले सुनुवाईको सुरुवातमै अमेरिकामा कोभिड–१९ को सङ्क्रमण वास्तविकरूपमा नै जटिल बनेको भन्दै सुरक्षित रूपले अघि बढ्नुपर्ने बताएका थिए ।
सुनुवाईका लागि जम्मा भएका १०० सिनेटरमध्ये लगभग सबैले मुखमा मास्क पहिरिएका थिए । समितिका दुई सिनेटरलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र यसैलाई डिमोक्रयाट्सले महामारीको क्रममा बैठकको सुरक्षाबारे ताजा चिन्ता व्यक्त गर्दै द्रुत मार्गमा गरिने भनिएको संपुष्टिमा ढिलाइ गर्न खोजेको देखिएको थियो ।
सेन माइक ली र आर उताहलाई कोभिड सङ्क्रमण पुष्टि भएको र उनीहरू सोमबार सुनुवाईमा सहभागी भएपछि उनीहरूका प्रवक्ताले लक्षण मुक्त भएको बताएका थिए । यसैबीच उत्तरी क्यारोलिनाका रिपब्लिकन थोम टिलिसलगायत प्रभावित अन्य सिनेटले टाढाबाट भाग लिए । यद्यपि उनीहरू पनि लक्षणमुक्त भएको बताइएको छ । दुबै सिनेटरलाई १० दिन अघि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।
यसैबीच, सुनुवाईका लागि मुख्य डिमोक्रयाट टाढा बसिरहेका छन् । क्यालिफोर्नियाबाट प्रतिनिधित्व गर्ने सिनेटर तथा डिमोक्रयाट्सतर्फका उप–राष्ट्रपति पदका उम्मेद्वार र एक समिति सदस्य, कोरोनाभाइरसको चिन्ताका कारण टाढाबाटै सहभागी हुने योजना रहेको उनका प्रवक्ताले आइतबार बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात