यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर र रोबर्ट बि विल्सनलाई

एजेन्सी । नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो ।
उनीहरुलाई लिलामसम्वन्धी सिद्धान्तमा सुधार गरेको र लिलामसम्वन्धी नयाँ रूपरेखा (फम्र्याट) बनाएकोले पुरस्कारका लागि छनोट गरिएको नोबेल एकेडेमीको भनाइ छ । उनीहरुले सुधार गरेको सिद्धान्त र नयाँ फम्र्याटको प्रयोगले विश्वभरीका विक्रेता, क्रेता र करदाता लाभान्वित हुने एकेडेमीले जनाएको छ ।
उनीहरुलाई पुरस्कार स्वरुप ११ लाख अमेरिकी डलर र स्वर्ण पदक प्रदान गरिने एकेडेमीका अधिकारीहरुले जानकारी दिएका छन् । अल्फ्रेड नोबेलको स्मृतिमा हरेक वर्ष प्रदान गरिदै आएको अर्थशास्त्रतर्फको पुरस्कारलाई “स्भेरियु रिक्सबैंंक प्राइज” पनि भन्ने गरिन्छ ।
सन् १९६९ देखि २०१९ सम्ममा यो पुरस्कारबाट ८४ जना पुरस्कृत भएका छन् । तीमध्ये दुई जना मात्रै महिला रहेका छन् । यसअघि नोवेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार भएको थियो भने चिकित्सा शास्त्र, रसायन शास्त्रलगायतका विभिन्न विधामा दिइने पुरस्कारहरुको पनि घोषणा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने