बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर र रोबर्ट बि विल्सनलाई

सोमबार, २६ असोज २०७७, २३ : ११
सोमबार, २६ असोज २०७७

एजेन्सी । नोबेल पुरस्कार घोषणा हुनेक्रममा सोमबार आर्थिक क्षेत्रबाट पुरस्कृत हुनेहरुको नाम घोषणा गरिएको छ । पुरस्कार छनौट समितिले गरेको निर्णयअनुसार यस बर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बि विल्सनलाई दिइने भएको हो । 

उनीहरुलाई लिलामसम्वन्धी सिद्धान्तमा सुधार गरेको र लिलामसम्वन्धी नयाँ रूपरेखा (फम्र्याट) बनाएकोले पुरस्कारका लागि छनोट गरिएको नोबेल एकेडेमीको भनाइ छ ।  उनीहरुले सुधार गरेको सिद्धान्त र नयाँ फम्र्याटको प्रयोगले विश्वभरीका विक्रेता, क्रेता र करदाता लाभान्वित हुने एकेडेमीले जनाएको छ । 

उनीहरुलाई पुरस्कार स्वरुप ११ लाख अमेरिकी डलर र स्वर्ण पदक प्रदान गरिने एकेडेमीका अधिकारीहरुले जानकारी दिएका छन् । अल्फ्रेड नोबेलको स्मृतिमा हरेक वर्ष प्रदान गरिदै आएको अर्थशास्त्रतर्फको पुरस्कारलाई “स्भेरियु रिक्सबैंंक प्राइज” पनि भन्ने गरिन्छ । 

सन् १९६९ देखि २०१९ सम्ममा यो पुरस्कारबाट ८४ जना पुरस्कृत भएका छन् । तीमध्ये दुई जना मात्रै महिला रहेका छन् । यसअघि नोवेल शान्ति पुरस्कार संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमलाई दिने घोषणा शुक्रबार भएको थियो भने चिकित्सा शास्त्र, रसायन शास्त्रलगायतका विभिन्न विधामा दिइने पुरस्कारहरुको पनि घोषणा भइसकेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप