बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसयुभी ‘कम्पास डिजेल अटोमेटिक’ सार्वजनिक

सोमबार, २६ असोज २०७७, १७ : ३५
सोमबार, २६ असोज २०७७

काठमाडौं । नेपाली अटोबजारमा जिप कम्पास लाइनअपमा अर्को एसयुभी गाडी ‘कम्पास डिजेल अटोमेटिक’ सार्वजनिक भएको छ । अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले न्यू भेरियन्ट कम्पास नेपाली बजारमा ल्याएको हो । हालै कम्पनीले एक समारोहकाबीच आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास सार्वजनिक गरेको छ ।

 अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस ६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन रहेको छ । जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।  नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयुभी गाडी हो । जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र नभएर सहरी घना बस्ती तथा व्यस्त सडकहरुमा समेत सहज ड्राइभ गर्न सकिने कम्पनीले बताएको छ । 

यति मात्र होइन उच्च पावर पिकअप भएको कम्पास अव्यवस्थित खाल्डाखुल्डी भएका, निर्माण क्षेत्र, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा समेत आरामदायी ‘ड्राइभिङ एक्सपिरियन्स’ लिन सकिने कम्पनीको दाबी छ ।  नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ पोजिसनिङ उत्कृष्ट जिप मानिएको छ । त्यसो त ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको यो क्लासकै पहिलो एसयुभी हो ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्र्युज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको एलोई ह्विल र ६ वटा एयर ब्याग उपलब्ध रहेका छन् ।

 साथै यसमा प्यासिभ इन्ट्रि, पुश–बटन स्टार्ट, डुअल जोन एअर कन्डिसनिङ, टु–टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप–एन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप