शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने

सोमबार, २६ असोज २०७७, १७ : ०५
सोमबार, २६ असोज २०७७

 विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।

अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकता अनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाईएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘हामीले स्वाब संकलनका लागि बिशेषज्ञको बेग्लै टिमसहितको गाडी परिचालन गरेका छौ ।’ अस्पताल निर्देशक डा.नेपालले भने–‘आवश्यकता र माग अनुसार गाउँ घर अथवा कार्यालयमै पुगेर स्वाब लिने व्यवस्था मिलाएका छौ ।’ पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराईएको डा.नेपाल बताउँछन् ।

अस्पतालले घुम्ती स्वाब संकलनको समन्वय र व्यवस्थापनका लागि अस्पताल प्रबन्धक नारायण दाहाललाई जिम्मेवारी तोकेको छ । गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप