जनरल इन्स्योरेन्सको मंगलबारबाट सेयर कारोबार हुने
सोमबार, २६ असोज २०७७, १२ : ५९

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सेयर कारोबार मंगलबारबाट हुने भएको छ । इन्स्योरेन्सको १ करोड कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) र जनरल इन्स्योरेन्सबीच सोमबार (असोज २६ गते) सेयर सूचीकरण सम्झौता भएको हो । कारोबार भने भोलिबाट हुनेछ ।
नेप्सेमा सूचीकृत कुल सेयरमध्ये ३० लाख कित्ता हालै बिक्री गरेको आइपीओ पनि समावेश गरिएको छ । जनरलले असोज ११ गतेबाट १४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ जारी गरेको थियो । उक्त आइपीओमा २ लाख ७३ हजार जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका थिए । ५ लाखभन्दा बढी आवेदकको हात खाली भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन