शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजबाट ‘मुन्द्रेको कमेडी क्लब’

सोमबार, २६ असोज २०७७, ११ : ४७
सोमबार, २६ असोज २०७७

काठमाडौं – लकडाउनका कारण बन्द भएको चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज सोमबारबाट प्रसारणमा आउने भएको छ । शा संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन् ।

पहिले भन्दा केही परिस्कृत भएर आउन लागेको शोको आजको एपिसोडमा अभिनेत्री रेखा थापा अतिथिको रुपमा देखिदै छिन् । पहिले भन्दा अवको शो केही नयाँ शैलीबाट आउने जीतुले बताएका छन् ।

हास्य श्रृखला ‘जिरो खुसार्नी’बाट मुन्दे्रको परिचय बनाएका जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’का ४ भाग हालै सुटिङ गरेका हुन् ।

अवको शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला भने अध्यक्षको रुपमा देखिने छैनन् । उनको ठाउमा अभिनेत्री करिष्मा मानन्धर देखिन लागेकी छन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति समेत रहनेछ ।

टेलिचलचि, चलचित्र हुँदै कमेडी शोमा प्रवेश गरेका जीतु पछिल्लो समय भने सानापर्दाको श्रृखलामा कमै देखिने गरेका छन् । फिल्ममा भने जीतु पछिल्लो समय रोहित अधिकारीको निर्माण रहेको ‘छ माया छपक्कै’मा देखिएका थिए ।

यो शो जीतु नेपालकै आधिकारिक यूट्युव च्यानल जीतु कमेडी च्यानलबाट समेत हेर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप