बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अब पेन्सनको खाता सक्रिय गर्न बैंकसम्म जानु नपर्ने

सोमबार, २६ असोज २०७७, ११ : ४७
सोमबार, २६ असोज २०७७

सेवानिवृत्त सरकारी कर्मचारीले पेन्सन बुझ्नका खाता सक्रिय बनाउँन सम्बन्धित बैंकसम्म जानु नपर्ने भएको छ । हरेक ६/६ महिनामा सक्रिय बनाउनुपर्ने  व्यवस्था भएपनि कोरोना माहामारीका कारण हाललाई सम्बन्धित निवृत्तभरण व्यवस्थापन कार्यालयबाटै गर्न महालेखा नियन्त्रक कार्यालयले परिपत्र गरेको छ।

सरकारको संचित कोषबाट स्वीकृत बजेटको परिधिभित्र रही सरकारी सेवाबाट सेवानिवृत्त पाइरहेका निवृत्तभरकले हरेक ६/६ महिनामा सम्बन्धित बैंकमा उपस्थित भई आफ्नो खाता सक्रिय गर्नुपर्ने व्यवस्था छ। 

अहिलेको विषयम परिस्थितीमा यस व्यवस्थालाई कायम गर्न नसकिने देखिएपछि बैंकसम्म उपस्थित हुनुपर्ने व्यवस्था अनिवार्य नगर्न महालेखाले परिपत्र गरेको हो । यो परिपत्रपछि अब पेन्सन पाउने व्यक्तिले २०७७ मंसिर समान्तसम्म निवृत्तभरण व्यवस्थापन कार्यालयमार्फत नै निवृत्तिभरण खाता सक्रिय गराई रकम भुक्तानी लिनसक्ने छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप