शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उर्मिला जोनको ‘दासी बनेर जिउने’

सोमबार, २६ असोज २०७७, ११ : ४१
सोमबार, २६ असोज २०७७

काठमाडौं – गायक थिरज राईको नयाँ गीत ‘दासी बनेर जिउने’को भिडियो सार्वजनिक भएको छ । गोविन्द राईको निर्देशन रहेको भिडियोमा जोन पुलामी मगर र उर्मिला गुरुङको रोमान्स समेटिएको छ । 

सचित राईको शब्द र गणेश चौधरीको संगीत समेटिएको गीत प्रेम र सुन्दरताको विषयवस्तु समेटिएको गजल प्याटर्नमा बनेको छ । 

‘यसअघि दुईपटक सुटिङ गरे पनि विभिन्न कारणले भिडियो सार्वजनिक गर्न सकिएन’, गायक राइले भने, ‘कोरोना महामारीका बेला भिडियो बनाउनु जुरेको रहेछ ।

दर्शक÷श्रोताले मेरा अन्य गीतजस्तै दासीलाई पनि माया गरिदिनुहुन्छ भन्ने विश्वास छ ।’ भिडियो रेन्बो रेज मिडियाले निर्माण गरेको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप