सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी प्रदेश चर्चा : राजधानी सार्दैमा बुटवलको अवसर गुम्दैन

सोमबार, २६ असोज २०७७, ११ : ०१
सोमबार, २६ असोज २०७७

नेपाल साँच्चै विकासका लागि प्रचुर सम्भावना र आधार भएको देश हो । यहाँको प्राकृतिक सौन्दर्य, वनजङ्गल, नदीनाला भौगोलिक विविधताले अन्य मुलकलाई लोभ्याइरहेको छ । यद्यपि हाम्रा नेतृत्व वर्गले यसको महत्त्व लक्षित योजनाअनुसार अगाडि बढाउन सकेको देखिँदैन । जसका कारण नै हामी विकासमा पछाडि परेका हौँ ।

विकासको मूल बहुदल, गणतन्त्र, लोकतन्त्र स्थापना भएपछि मात्र सम्भव देखेका हाम्रा दलीय नेतृत्व वर्ग आन्दोलनमा सफल देखिए । हरेक आन्दोलनमा एकताबद्ध भएर अगाडि बढेरै विजयी हासिल पनि गरे । तर गणतन्त्र स्थापना भइसकेपछि संविधान कार्यान्वयन र विकास निमार्णका लागि एक जुट भएको अनुभूति नेपाली जनताले गर्न पाएका छैनन् । दुई तिहाइ भनिएको सरकारले पनि विकासको छनक दिन सकेको छैन । जसका कारण विकास निर्माणमा साँच्चै नै पछि परेको अनुभव धेरैले गर्नुपरेको छ ।

राजधानीका लागि प्रशस्त आधार सम्भावना भएको रूपन्देही जिल्लाको जुन कुनामा राजधानी बनाए पनि प्रदेशवासीलाई सेवाकालीन निकै सुविधा पुग्ने थियो तर त्यसप्रति नेकपाका रूपन्देहीका सांसदले सोच्न सकेनन् । तर पनि राजधानी नबन्दैमा बुटवल खत्तमै भयो, अब भविष्य सकियो जस्तै गरेर धमाधम बुटवलप्रति निरासाका लेख, स्टाटस आउन थालेकाले मैले देखेको यस क्षेत्रको केही सम्भावना यहाँ उजागर गर्ने प्रयास गरेको छु ।

हरेक पार्टी, पार्टीभित्र लोभ लालच, शक्तिको चलखेल, गुटगत झगडा, पदको भागवण्डा, विषयगतभन्दा पनि व्यक्तिगत गुटबन्दी, आर्थिक लोभ लालचतिरै उन्मुख भएको पाइन्छ । अर्थात् दलालहरुले नै नेतृत्व वर्गलाई आफ्नो इसारामा चलाएका कारण कुनै पनि सरकार सफल हुन नसकेका हुन् भन्दा कत्ति फरक पर्दैन । नेपालको सम्भावना र नेपालीको भावना नेतृत्व वर्गले बुझ्न सकेको देखिँदैन । यस पटक प्रदेश ५ को अस्थायी राजधानी बुटवल स्थायी राजधानी बन्न नसकेपछि बढी चर्चामा रहेकाले बुटवलकै बारे जोडेर केही सम्भावनाका बारे उल्लेख गर्ने प्रयास गरेको छु । पश्चिम नेपालकै औद्योगिक एवं व्यापारिक केन्द्र बुटवलले लामो समयदेखि आर्थिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । सङ्घीय राजधानी काठमाडौँपछि दोस्रो आर्थिक राजधानी बन्न सक्ने रूपन्देही प्रशस्त आधार र सम्भावना भएको ठाउँ हो । बुटवललाई केन्द्र  बनाएर समग्र लुम्बिनी अञ्चलको विकास गर्न सकिने प्रशस्त आधार र सम्भावना छ । लुम्बिनी प्रदेशको राजधानी नबन्दैमा बुटवललाई हल्का ढङ्गले आँकलन गर्नु ठूलो भूल हुनेछ । हुन त सरकार चलाउनेहरु र स्थानीय केही नेताको स्वार्थका कारण ६ नम्बर प्रदेशमा समावेश गर्दा राम्रो हुने बाँके र बर्दिया जिल्ला ५ नम्बर प्रदेशमा समावेश गरेदेखि नै बुटवलमाथि पनि राजनीति सुरु भएको थियो । जसकै कारण संसदीय सिफारिस समितिले रूपन्देही, कपिलवस्तु र दाङ जिल्ला स्थायी राजधानीका लागि सिफारिस गरे पनि त्यसलाई प्रदेश सभामा छलफल गराउने प्रयास नै नगरी शङ्कर सरकारले अलोकतान्त्रिक जबरजस्त तरिकाले दाङको राप्ती उपत्यका भालुवाङ (देउखुरी) लाई स्थायी राजधानी गराउन ह्विप नै जारी गरी स्थायी राजधानी बनाइयो । राजधानीका लागि प्रशस्त आधार सम्भावना भएको रूपन्देही जिल्लाको जुन कुनामा राजधानी बनाए पनि प्रदेशवासीलाई सेवाकालीन निकै सुविधा पुग्ने थियो तर त्यसप्रति नेकपाका रूपन्देहीका सांसदले सोच्न सकेनन् । तर पनि राजधानी नबन्दैमा बुटवल खत्तमै भयो, अब भविष्य सकियो जस्तै गरेर धमाधम बुटवलप्रति निरासाका लेख, स्टाटस आउन थालेकाले मैले देखेको यस क्षेत्रको केही सम्भावना यहाँ उजागर गर्ने प्रयास गरेको छु ।

पहिलेको  बटौली अहिलेको बुटवलको आफ्नै इतिहास छ । राणा र पञ्चायत कालमा नुन, तेल, मरमसला, लत्ताक पडाको व्यापार, ढाक्रेहरुको चहलपहल निकै हुने गथ्र्यो । पश्चिम नेपालकै व्यापारिक नाका भनेर चिनिने बटौली अहिले भने सुनसान छ । पञ्चायत र राणा शासन कालमा यहाँ व्यापारकै सिलसिलामा विभिन्न जिल्लाका उद्यमी व्यवसायी मालसामान जोडजामका लागि आउने हुनाले निकै चहलपहल हुने गथ्र्यो । त्यतिबेला तिनाउ नदीदेखि पूर्वको भागलाई खस्यौली भनिन्थ्यो भने तिनाउ पश्चिमको भागलाई बटौली भनेर चिनिन्थ्यो । तर अहिले वारिपारि दुवै ठाउँलाई बुटवल भनेर चिनिन्छ । तर पनि गएको २०/२५ वर्ष यता खस्यौलीमा निकै विकास निर्माणका काम भएर आधुनिक सहर बने पनि पहिलेको बटौली सुनसान हुँदै गएको छ । पुराना एतिहासिक घरहरु निकै जीर्ण बनेका छन् ।

राणा र पञ्चायत कालमा व्यापारका कारण निकै चम्केको यो ठाउँ अहिले सुनसान छ । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने यो क्षेत्रको बजार वरिपरिको वतावरण प्रदूषित छ भने कतिपय पुराना एतिहासिक घरहरु भत्किएका र भत्किने अवस्थामा छन् । यस क्षेत्रमा रहेका मठमन्दिर जीर्ण छन् । हुन त यो ठाउँलाई निर्वाचनमा स्याटलाइट सहर, स्मार्ट सिटी बनाउने भनेर राजनीतिक दलले विकासका नारा पनि अगाडि नसारेको होइन । भोटको राजनीति सकियो यो ठाउँले काँचुली फेर्न सकेको छैन । यही क्षेत्रमा रहेको जीतगढी किल्ला निकै महत्त्व बोकेर अहिले पनि बेवारिसे जस्तै ओझेलमा छ ।

शिक्षा क्षेत्रको समेत हब बनिसकेको रूपन्देहीको बुटवल करिब एक दर्जनभन्दा बढी जिल्लाका मिहिनेती मानिसको जमघट उनीहरुको अथक प्रयासले विकसित हुँदै गएको थलो हो बुटवल भन्ने पनि धेरैले विर्से जस्तो लागिरहेको छ यतिखेर । रूपन्देही जिल्ला माछामासु, दूध र खाद्यान्नमा आत्मनिर्भर बनिसकेको छ । तर सम्भावना भएअनुसार यहाँ जति आधुनिक रूपले विकास हुनपर्ने हो, त्यो नसकेको पक्कै हो ।

हुन त भारतको गुजरात, नेपालकै चन्द्रागिरी अनि सिङ्गापुर, मलेसिया र बैङ्कक पुगेर फर्केपछि पटक पटक बुटवल र लुम्बिनी अञ्चलकै आर्थिक विकासको सम्भावना देखेर त्यसबारे यस क्षेत्रको केही सम्भावना उजागर गरेको पनि थिए । बुटवल पुरानो आर्थिक एवं व्यापारीक राजधानी नै हो । रूपन्देहीको लुम्बिनी नेपालकै शान पहिल्यैदेखि अन्तर्राष्ट्रिय पर्यटकीय केन्द्र  हो ।  चुरेको फेदीमा रहेको बस्ती र तिनाउ नदी अनि नेपाली वीरहरूले अङ्ग्रेज फौजलाई हराएको जित गढी किल्ला बुटवललाई चिनाउने प्रमुख आधार हुन् ।

त्यस्तै तीन वर्ष अगाडि म सिङ्गापुरको मेरिलायन पार्कमा पुग्दा बुटवलको मध्यभागबाट बगेको तिनाउ नदीमा केही गर्न सकिन्छ, सम्भावना छ भन्ने  कल्पना गरँे । बुटवलको तिनाउ नदीलाई लामो ताल बनाएर आकर्षक बनाउन सकिन्छ  । यो ठाउँ राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ ।

पाल्पाको नुवाकोटगढी, वसन्तपुर त बुटवलका लागि गर्मी छल्दै पहाड हिमाल मात्र होइन बुटवल भैरहवा तराई अवलोकन गर्ने राम्रो गन्तव्य पनि हो जुन बुटवलसँग जोडिएको छ । सडक, बैङ्क वित्तीय सुविधा, प्रशस्त उद्योग कलकारखाना स्थापना भइसकेको यस क्षेत्रको सामाजिक, आर्थिक, पर्यटन विकासका लागि केही नयाँ सोच र योजना दिन जरुरी छ  । यहाँ सम्भावना जति पनि छ । युवा पिढीले खोजेको विकासका पूर्वाधार भनी अब केही थप्नु आजको आवश्यकता बनेको छ ।

यहाँका नगरपालिकाहरूले निजी क्षेत्रसँगको हातेमालो र सहकार्यको साथमा बुटवल तिलोत्तमा नगरको सीमा मगरघाटदेखि तल्लो सिद्धबाबा चिडिया खोलासम्म करिब ६ किलोमिटरमा ड्याम बाँधेर त्यो जलासयमा २०, ३० वटा डुङ्गा स्टमर चलाउने व्यवस्था गर्न सके बुटलले साँच्चै काँचुली फेर्न सक्छ । वारि बुटवलबाट पारि नेपाली वीरहरूले अङ्ग्रेज फौजलाई हराएको जितगढी किल्ला र पुरानो बटौलीलाई जोड्ने आकर्षक फराकिला पुल दुई तीन ठाउँमा  बनाइएर ठाउँठाउँमा पानीका फोहोरा र आकर्षक लाइटिङ दिने हो भने यसले बालबालिका, युवा, प्रौढ र वृद्धहरूको मन तान्न सक्छ । नदी किनारमा ठाउँठाउँमा सेल्फी जोन निर्माण गर्ने, नदी किनारमा कफी सेन्टर, रेस्टुरेन्ट तथा यसक्षेत्रको थारु मगर, कुमाल लगायत विभिन्न जातिका कला संस्कृति, उत्पादन पाइने व्यवस्था गर्नुपर्छ । भारतको गुजरातको अहमेदाबादमा सहरबाटै सबरमती नदी घुसायर वरिपरि पर्यटकीय पूर्वाधार निर्माण गरेर राम्रो पर्यटन विकास गर्न सकेको उदाहरण देख्न सकिन्छ ।

त्यस्तै तीन वर्ष अगाडि म सिङ्गापुरको मेरिलायन पार्कमा पुग्दा बुटवलको मध्यभागबाट बगेको तिनाउ नदीमा केही गर्न सकिन्छ, सम्भावना छ भन्ने  कल्पना गरँे । बुटवलको तिनाउ नदीलाई लामो ताल बनाएर आकर्षक बनाउन सकिन्छ  । यो ठाउँ राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ ।

नेपाल प्रशस्त प्राकृतिक साधन स्रोत भएर पनि विकासमा निकै पछाडि परेको महसुस गरेकै छौँ । यहाँको वन जङ्गल, जडीबुटी, जलसम्पदा, लुम्बिनी नै यहाँका अपार सम्पत्ति हुन् । तर प्रजातन्त्रको पुनस्र्थापना भएको पनि झण्डै ३ दशक पुग्यो, राज्यको स्पष्ट नीति नियम नबन्नु, जनप्रतिनिधिमा विकास निर्माणप्रति दृढ सङ्कल्प नहुनुले यहाँको विकास निर्माण कछुवाकै गतिमा छ । अहिलेको पिढीले भाषणभन्दा कामको परिणाम खोजेको छ तर त्यो यथार्थमा हुन सकेको छैन ।

तर पनि हाम्रा नेताहरुले नेपाललाई बेलाबेलामा सिङ्गापुर बनाउने भाषण गरिहनुहुन्छ । एसियाका राष्ट्रहरुको मलेसियाको क्वालालम्पुरमा भएको प्ष्धबलष्क ब्क्एब्ऋ द्धघचम ऋयलखभअतष्यल  मा साथीहरुसहित सहभागी हुने अवसर पाएको थिएँ । केही दिन मलेसिया र सिङ्गापुर अवलोकन पनि गरेको थिएँ । त्यहाँको विकास निर्माण र सभ्यता देख्दा त्यो उजाड भूमिमा यो कसरी सम्भव भएको होला भनेर अचम्म नै लाग्यो ? त्यहाँ पुग्ने पर्यटक पनि यस्तै अनुभूति गर्छन् । त्यहाँको सडक सञ्जाल, स्वच्छ वातावरण पर्यटकलाई आकर्षित गर्न बनाइएका विकास निर्माणका संरचना, पुल पुलेँसा र नागरिकहरुको बानी व्यहोरा साँच्चै अनुकरणीय छ ।

जुन ठाउँ वास्तवमै नियम कानुन र सिस्टममा हिँडेका कारणले विकासमा कायापलट भएको अनुभव गर्न सकिन्छ । विकास हाम्रो एजेन्डा भन्ने भनाइ त्यहाँका हरेक नागरिकमा झल्किन्छ । विकासका लागि कहिल्यै झगडा हुँदैन । व्यक्तिगत स्वार्थ, सत्ता राजनीतिबाट त्यहाँका जनता र प्रशासकहरु धेरै टाढा भएको अनुभव गर्न सकिन्छ । खासै अन्न, फलफूल उत्पादन नहुने सिङ्गापुरमा हरेक कुरा बाहिरबाट आयत हुने गर्छ । लगानीका लागि खुल्ला रूपमा विदेशी मुलुकका उद्योगी व्यवसायीलाई अवसर दिनुले नै गएको २०÷३० वर्ष यता त्यहाँको विकासमा कायालपलट भएको हो । त्यहाँ निर्माण भएका सिङ्गापुर मेरिलायन पार्क, मेरिना स्क्वायर महल, सन्तोसा, सिङ्गापुर फ्लायर, नाइट सफारी गार्डेन, युनिर्भसल स्टुडियो, सामुन्द्रिक यात्रा जस्तो व्यवस्था साँच्चै पर्यटकका लागि आकर्षणका कुरा हुन् । त्यहाँ पुग्नेहरुलाई पनि हाम्रो नेपालमा त हिमाल, पहाड तराईमा प्राकृतिक बरदान नै छ, नगरेरै हो भन्ने लाछ । हाम्रा नेता, मन्त्री, सासंद, योजनाविद्, उच्च प्रशासक पनि घुम्न त धेरै पुग्नु हुन्छ तर आएपछि वास्तवमै भुल्ने बानी छ भन्दा फरक पर्दैन ।

मलेसियाको राजधानी क्वालालाम्पुरको पहाडी क्षेत्रमा रहेको जेन्टिन हाइल्यान्डमा रहेका संरचना हेर्नका लागि मात्र दैनिक ५०औँ हजार पर्यटक पुग्ने गर्छन् । त्यस्तै विश्वकै ठूलो विष्णु भगवानको मूर्ति, बटु केभ) पुत्राजया, ९०० मिटरसम्म उचाई रहेको केएलएल सीसी टावर, केएल टावर, विभिन्न पार्कहरु, सडक संचरना, सपिङ महल साँच्चै अचम्म लाग्दो गरी बनाइएको छ ।

सिङ्गापुर राजा लीको पालादेखि निकै विकास भएको हो । त्यहाँ नियम, कानुनमा कुनै सम्झौता हुँदैन र विकासमा राजनीति पनि छैन भन्छन् त्यहाँका जनता । त्यहाँका आकर्षक संरचना सामुद्रिक जलयात्रा, टावर, अन्डरग्राउन्ड मार्केट, सपिङ कम्प्लेक्स, ट्रेन यातायातले पनि पर्यटकलाई निकै आकर्षित गरेको पाइन्छ । मलेसिया र सिङ्गापुर हेर्दा नेपालमा यस्तो विकास सहजै पुरानै सोच र कार्यशैलीले कल्पना गर्न सकिन्न । तर पनि नेपालमा सम्भावना भनी कति छ कति ।

नेताले देखेको सिङ्गापुररूपी नेपाल साँच्चै असम्भव भने होइन । तर नेताहरुको कार्यशैली र आफ्नो मात्र फाइदा हुने काममा झुकाव देख्दा हामीलाई उनीहरुका भाषण मजाक जस्तो लाग्नु स्वाभाविक नै हो ।

पहिले उजाड मरुभूमि भनेर चिनिने, पूर्वाधारका कुनै संरचना नभएको भूमि  सिङ्गापुर साँच्चै शून्यबाट सुरु भई हाल आएर विश्वभर नै उदाहरणीय पर्यटकीय गन्तव्यको रूपमा प्रख्यात बन्न पुगेको छ । नेपालको सन्दर्भमा हेर्दा हामीसँग सिङ्गापुरको जस्तै विकास गर्न अपार सम्भावना छन् । हामीसँग रहेका हिमालय, हरिया वनपाखा, झरना, खोलानाला, विविध सांस्कृतिक विशेषतायुक्त जातजाति आदि पर्यटन विकासका बलिया आधार हुन् । मात्र हाम्रा नीति निर्माणकर्ता नेतृत्वसँग इच्छा शक्तिको कमी र हरेक क्षेत्रमा राजनीतिको गलत अभ्यासले जरा गाड्नु नै नराम्रा पक्ष हुन् ।

नेताले देखेको सिङ्गापुररूपी नेपाल साँच्चै असम्भव भने होइन । तर नेताहरुको कार्यशैली र आफ्नो मात्र फाइदा हुने काममा झुकाव देख्दा हामीलाई उनीहरुका भाषण मजाक जस्तो लाग्नु स्वाभाविक नै हो । अहिले देश सङ्घीयतामा गएसँगै हरेक स्थानीय, प्रदेश र केन्द्रीय सरकार आफ्नो क्षेत्र अनुकूलका नीति नियम बनाउन अधिकार प्राप्त गरेका छन् । अब साँच्चै देशलाई नयाँ बाटोतर्फ हिँडाउन चाहने हो भने त्यसको लागि बाटो बनिसकेको अवस्था छ । तर यहाँका प्रशासक, राजनीतिक दलका नेता, प्रदेश सरकार चलाउनेमा वास्तविक त्याग र प्रतिबद्धता आवश्यक छ । सिङ्गापुर बनाउने कुरा त धेरै टाढाको कुरा हुने नेपालमा हरेक प्रदेशका आफ्ना पहिचानसहित सम्भाना पनि छन् ।

बुटवलदेखि वसन्तपुरडाँडा र नुवाकोटसम्म चन्द्रागिरिको शैलीमा केवलकार निर्माण गरी ठूलो सङ्ख्यामा भारतीय पर्यटक आकर्षित गर्न सकिन्छ  । बुटवलबाट करिब २ घण्टाको पैदल यात्रामा पनि पुगिने यी दुई डाँडाबाट हिमाल, तराई पहाडाका दृश्य अवलोकन गर्न सकिने मात्र होइन यहाँको रमणीय वातावरण र हावापानीले स्वदेशी विदेशी पर्यटकलाई अनौठो अनुभूति पनि दिन्छ । गर्मी मौसममा वसन्तपुर डाँडामा पुग्दा जाडोको अनुभव हुन्छ ।

यो क्षेत्रमा यस्ता सम्भावना भए पनि यस क्षेत्रका सरोकारवाला निकायले  कहिल्यै पनि मसिनो गरी सम्भाव्यताको अध्ययन गरेको पाइँदैन । यी सम्भावना पुरा गर्न बुटवल उपमहानगरपालिका तिलोत्तमा र सिद्वार्थगर नगरपालिका जोडेर महानगर बनाएर गुरु योजना बनाउन हिम्मत गर्न जरुरी  छ । निजी क्षेत्रसँग हातेमालो गरे बजेटको पनि खासै समस्या देखिँदैन । चन्द्रागिरि डाँडो यतिखेर राम्रो पर्यटकीय गन्तव्य बनेको छ । २ हजार ५ सय ५१ मिटर उचाइमा रहेको त्यो ठाउँ पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकका लागि केवलकार चढेर काठमाडौँ वरिपरिको दृश्यावलोकन गर्न निकै आकर्षणको केन्द्र बनेको छ । हुन त यस्ता केवलकार सहितको बिजनेस  नेपालका दर्जनौँ ठाउँमा स्थापना गर्न सके आर्थिक र पर्यटन विकासले निकै फड्को मार्न सक्छ । धेरैले रोजगार पाउन सक्छन् । बुटवलबाट वसन्तपुर र नुवाकोटमा यो केवलकार निर्माणको योजनाको केही काम भएको सुने पनि कामले गतिलिएको भनी पाइएको छैन ।

पृथ्वीनारण शाहाले वसन्तपुर डाँडोबाट काठमाडौँ उपत्यका नियालिसकेपछि विजयको सपना देखेको किंवदन्ती छ । त्यहाँ चार वर्ष अगाडिसम्म दैनिक मुस्किलले १०.१५ जना हाइकिङ या पिकनिकका लागि पुग्थे  तर यसको यकिन तथ्याङ्क भने छैन । अर्थात निकै कम मानिस चन्द्रागिरि पुग्थे । २५ साउन ०७३ पछि भनी यहाँ पुग्नेहरुको सङ्ख्या निकै बढेको छ । बालक, युवादेखि वृद्धसम्मको रोजाइ बनेको छ चन्द्रागिरि । सम्भावना देखेर काम गरे ब्वपार राम्रो चल्यो ।

हाँ पहिल्यैदेखि उद्योग कलकारखनाको राम्रो विकास हुँदै आउनु र पछिल्लो समय भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सेजको स्थापना, बुटवल भैरहवा सिक्सलेन सडक निर्माण, बुद्ध सर्किट, बुटवलमा अन्तर्राष्ट्रिय सभाहल, तिलोत्तमा नगरमा पाँचतारे टाइगर प्यालेस रिसोर्ट लगायत संरचनाको निर्माण जस्ता कारणले पनि यहाँको पहचिान, महत्त्व र सम्भावना प्रचुर छ । तसर्थ पुरानो आर्थिक केन्द्र बुटवल र विश्व प्रख्यात लुम्बिनी यथार्थमा स्वदेशी विदेशीको सङ्गमस्थल  बन्न सक्छ  ।

चन्द्रागिरि हिल्स प्रालिले यहाँ केबलकारसहित पर्यटकका लागि अन्य सुविधाको व्यवस्था पनि गरेको छ । केवलकारले प्रतिघण्टा करिब हजार मानिसलाई डाँडासम्म लैजाने क्षमता राख्छ । त्यहाँ भ्युटावर, मन्दिर, रेस्टुरेन्ट, सम्मेलन हल, बालबालिका लागि छुट्टै खेल्ने बाल उद्यान लगायत अन्य आकर्षक स्थानसहितका संरचना निर्माण भएका छन् ।

उपत्यका बाहिरबाट काठमाडौँ आउने आन्तरिक पर्यटक या विदेशी पर्यटक  राजधानीका एक दिन बसाइ अवधि लम्ब्याउन यो गन्तव्य सफल सावित भएको छ । यसका कारण त्यस क्षेत्र वरिपरि पनि ब्यापारिक चहलपहल बढेको छ । हो यसको सम्भावना बुटवलमा पनि छ । यो आफैमा घनाबस्ती भएको क्षेत्र हो भनी १०, १२ जिल्लाको हब र भारतबाट समेत प्रशस्त पर्यटक भित्र्याउन सकिन्छ  । यसले यहाँको होटल व्यवसाय पनि राम्रो फस्टाउन सक्छ र अर्थतन्त्रलाई चलयमान गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस्ता सम्भावनाप्रति हाम्रा योजनाविद् र सरकार चलाउनेहरुको पटक्कै ध्यान जान सकेको छैन । पर्यटनको प्रचुर सम्भावना छ । उत्पादित वस्तुहरुका लागि राम्रो बजार भएको सम्भावना भएको  विशाल छिमेकी मुलुक चीन र भारत रहेका छन् । तर नेपालीले आफ्नो देशमा केही अवसर नपाएर विदेशी मुलुकमा नोकर बन्न पुगिरहेका छन् । साँच्चै नेपालको विकास गर्ने हो भने विकास निर्माण र रोजगारको स्पष्ट नीति निर्माण गरेर युवा शक्तिलाई विदेशीनबाट रोक्नु पनि जरुरी छ । हामीले लुम्बिनीको माटोलाई प्रयोग गरेर एउटा कोसेली (उपहार) मात्र बनाएर बिक्री गर्न सक्ने हो भने पनि प्रशस्त आम्दानी गर्न सकिन्छ । थुप्रैले रोजगार पाउँछन्  । तर विडम्बना विदेशी बौद्धमार्गीहरुले लुम्बिनीको महत्त्व बुझे पनि हामी नेपालीले नै विश्व प्रख्यात लुम्बिनीको महत्त्व बुझ्न सकेका छैनौँ । त्यसको अनुभूति मलाई थाइल्यान्डको राजधानी बैङ्कक पुग्दा पनि भयो । जहाँ रहेको बुद्ध मन्दिरमा पुग्दा बुद्धप्रतिको आस्थादेखेर हामीले माल पाएर चाल पाएका रहेनछौँ भन्ने अनुभूति भयो ।

रूपन्देही भारतीय सीमासँग जोडिएको जिल्ला जहाँ नेपालकै दोस्रो ठूलो बेलहिया सुनौली भन्सार नाका छ । यहाँको विकासमा यहाँका व्यापारिक प्रतिष्ठान बुटवल उद्योग वाणिज्य सङ्घ, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घ, रूपन्देही उद्योग सङ्घ, रूपन्देही व्यापार सङ्घ, होटल व्यवसायी लगायत अन्य विभिन्न सङ्घ संस्थाको सक्रियता निकै सह्रानीय छ । यहाँ पहिल्यैदेखि उद्योग कलकारखनाको राम्रो विकास हुँदै आउनु र पछिल्लो समय भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सेजको स्थापना, बुटवल भैरहवा सिक्सलेन सडक निर्माण, बुद्ध सर्किट, बुटवलमा अन्तर्राष्ट्रिय सभाहल, तिलोत्तमा नगरमा पाँचतारे टाइगर प्यालेस रिसोर्ट लगायत संरचनाको निर्माण जस्ता कारणले पनि यहाँको पहचिान, महत्त्व र सम्भावना प्रचुर छ । तसर्थ पुरानो आर्थिक केन्द्र बुटवल र विश्व प्रख्यात लुम्बिनी यथार्थमा स्वदेशी विदेशीको सङ्गमस्थल  बन्न सक्छ  । अनि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भएपछि यो क्षेत्र साँच्चै काँचुली फेर्नेछ  र यस क्षेत्रको सामाजिक, आर्थिक र धार्मिक पर्यटनको विकासमा थप टेवा पुग्ने छ ।

(लेखक दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दामोदर खनाल
दामोदर खनाल
लेखकबाट थप