शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुहारको छाला र कपालको चमक बढाउन लौकाका जुस, अन्य ६ फाइदा

सोमबार, २६ असोज २०७७, १० : ५७
सोमबार, २६ असोज २०७७

एजेन्सी – धेरै जसो मानिसहरु लौकाको जुस पिउन मन पराउँदैनन् । तर, स्वस्थ्य रहनका लागि नमिठो खानेकुरा खान आवश्यक हुन्छ । यस्तै, लौकाको स्वाद पनि निकै नमिठो हुन्छ । तर लौकामा हुने विभिन्न पोषक तत्वले मानिसको कपाल, छाला लगायतका शरीरका विभिन्न अंगहरुलाई लाभ दिन्छ । 

१. चाउरीपन कम गर्न 
लौकाको जुसमा भिटामिन सी हुन्छ । यसले समयभन्दा पहिले छाला बुढो हुनबाट बचाउँछ । भिटामिन सीले छालाका कोशिकाहरुलाई बुढो हुनबाट बचाउँछ । यसले अनुहारको छालामा चाउरीपन कम गर्न मद्दत गर्छ । यसका लागि लौकाको जुस पिउने र पेष्ट अनुहार तथा गर्दनमा लगाउनुपर्छ । 

२. अनुहारलाई चमकदार बनाउन 
लौकामा भिटामिन, खनिज र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्व पाइन्छ । यसले अनुहारमा प्राकृतिक रुपमा अनुहारमा चमक ल्याउँछ । त्यसैले लौकाको जुस दैनिक रुपमा पिउनु पर्छ । 

३. आँखाका लागि 
आँखा आउने विभिन्न समस्याहरुबाट बच्न लौकाको जुस आँखामा लगाउन आवश्यक छ । यसले आँखामा शितलता प्रदान गर्छ । साथै, आँखा लौकाको दुईवटा स्लाइस काटेर आँखामा लगाएर १० वा १५ मिनेट राख्नुपर्छ । 

४. कपाल सेतो हुन र झर्नबाट रोक्न 
लौकाको जुसले कपाललाई उमेरभन्दा पहिले नै सेतो हुनबाट बचाउँछ । यसमा भिटामिन बी पाइन्छ जसले कपाललाई राम्रो बनाउँछ । लौकाको जुसले कपालको जरामा मालिस गर्दा कपाल झर्न कम हुन्छ । 

५.कालो दागधब्बा हटाउन
लौकालाई क्लिजिङको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यसले अनुहारमा भएको दागधब्बा, फोहोर सफा गर्छ । यसले अनुहारलाई डिटक्सिफाई गराउँछ । यसले सीबम उत्पादन गर्न नियन्त्रण गर्छ । जुन बे्रकआउट कम गर्न मद्दतगार हुन्छ । जसले तैलिय छालाको समस्याबाट मुक्ति दिलाउँछ । 

६. कोमल र सफा छालाका लागि
लौकाको जुसले रगत सफा गर्ने काम गर्छ । जसले छालालाई सफा गर्न मद्दत गर्छ । यसले शरीरलाई भित्रि रुपमा नै सफा गर्छ । जसले विभिन्न स्वास्थ्य समस्याहरुबाट टाढा राख्न मद्दत गर्छ । यदि लौकाको जुस पिउन मन नलागे बेसन, दही मिसाएर फेस प्याक लगाउन पनि सकिन्छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप