माछापुच्छ्रे बैङ्कले तोक्यो स्थिर ब्याजदर, कति तिर्नुपर्छ ब्याज ?
काठमाडौं । माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर तालिका सार्वजनिक गरेको हो ।
प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २.५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८.४२ प्रतिशत रहेको छ ।
यस्तो छ स्थिर ब्याजदर
माछापुच्छ्रे बैङ्कले तय गरेको स्थिर ब्याजदर अनुसार होमलोन, अटो÷हायर पर्चेज लोन र अन्य खुद्रा लोनका लागि स्थिर ब्याजदर कायम गरिएको छ । होमलोनमा ५ वर्ष अवधिका लागि ९.८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १०.८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११.८९ प्रतिशत ब्याजदर तय गरिएको छ ।
त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९.८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १०.९९ प्रतिशत ब्याजदर तोकिएको छ ।
अन्य खुद्रा ऋणका लागि भने ५ वर्षसम्मको अवधिका लागि १०.२४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११.२४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२.२४ प्रतिशत ब्याजदर तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलबाट विपिन सकुशल घर फर्किने आशामा परिवार
-
हमासले १५ महिनादेखि बन्धक बनाएका तीन तन्नेरी इजरायल फर्किए, युद्धविरामको अन्तिम घडीमा १९ मारिए
-
शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो रियाल मड्रिड
-
प्रिमियर लिग : म्यान्सिटीको गोल वर्षा, म्यानयुको हार श्रृंखला जारी
-
६ महिनादेखि तलब नपाएपछि सीडीओलाई साँचो हस्तान्तरण
-
१२ बजे, १२ समाचार : रविसहित २२ जनाविरुद्ध रुपन्देहीमा मुद्दा दर्तादेखि वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने थप एक जना पक्राउसम्म