इतिहासमा आज –बालीमा शक्तिशाली बिस्फोट, २ सय २ जनाको मृत्यु

आज अक्टुबर १२ । सन् २००२ मा इन्डोनेसियाको बालिस्थित कुटा समुद्री किनारमा बम बिस्फोट हुँदा २ सय २ जनाको मृत्यु भयो भने २ सयभन्दा धेरै व्यक्ति घाइते भए । आक्रमणकारीहरुले सारी क्लब नजिकै कारमा बम राखेका थिए । यसबाहेक कुटाकै अर्को एक क्लब र बालीको राजधानी देन्पाशरनजिकै अमेरिकी कन्सुलेट कार्यालय अगाडि पनि बिस्फोट भयो ।
सारी बारमा पर्यटकहरुको भीड जम्मा भएका बेला बिस्फोट भएको थियो । प्रत्यक्षदर्शीहरुका अनुसार बिस्फोटले सारी क्लब ध्वस्त भयो भने वरपरका अन्य बारमा पनि ठूलो क्षति भयो । बिस्फोट र आगलागिका कारण अन्य भवन र धेरै कारहरु क्षतिग्रस्त पनि भए ।
न्युजिल्यान्डको टिभी कम्पनीमा कार्यरत क्यामेरापर्सन रिचार्ड पुरे यस घटनाका प्रत्यक्षदर्शी थिए । पुरेका अनुसार शक्तिशाली बिस्फोटले घटनास्थलबाट १ किलोमिटर टाढा रहेको उनको होटलमा समेत क्षति पु¥याएको थियो । ‘होटलका झ्यालहरु फुटे, अनि आकाशमा ठूलो परिमाण धुवाँ नै धुवाँ थियो । म विध्वंशको तस्विर खिच्नका लागि क्यामेरा बोकेर सडकमा दौडिए । मैले कहिल्यै यस्तो देखेको थिइँन,’ उनले भनेका छन् ।
यस बिस्फोटमा इस्लामिक अतिवादी संगठन जेमा इस्लामियाको संलग्नता रहेको अधिकारीहरुको दाबी थियो । घटनामा संलग्न भएको अभियोगमा तीनजनालाई मृत्युदण्ड दिइयो भने एकजनालाई आजीवन कैद सुनाइयो ।
अल कायदासँग इस्लामियाको साँठगाँठ रहेको मानिन्छ । जर्कातास्थित मेरियट होटलमा २००३ मा भएको बिस्फोट, २००४ मा इन्डोनेशियास्थित अस्ट्रेलियन दूतावासमा भएको बिस्फोट, बालीस्थित तीनवटा रेस्टुरेन्टमा १ अक्टुबर २००४ मा भएको बिस्फोटमा पनि यस संगठनको संलग्नता रहेको अधिकारीहरुको दाबी छ । इन्डोनेशिया विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको देश हो । यद्यपी, बाली टापूमा भने हिन्दू जनसंख्या धेरै छ । यहाँ ८२ प्रतिशतभन्दा धेरै हिन्दू छन् ।
अतिवादीहरुले बालीलाई वम विस्फोटनका लागि चयन गर्नुको कारण चाहिँ उक्त क्षेत्रमा अमेरिकी र उनका गठबन्धनका नागरिकहरुको भ्रमण र चहलपहल बढी हुने भएकोले नै हो । यो कुरा उक्त काण्डमा परी आजीवन जेल सजाय पाएका अली इमरोनले अधिकारीहरुलाई बताएका हुन् । उनका अनुसार, उक्त बमकाण्ड जिहादको हिस्सा थियो र त्यो अफगानी जनतालाई अमेरिकाबाट बचाउनको लागि गरिएको एउटा कारवाही थियो ।
त्यसो त उक्त घटनामा परी अमेरिकीहरुभन्दा बढी अस्ट्रेलियाका र इण्डोनेशियाका नागरिकहरु मारिएका थिए । सो घटनामा परी मृत्यु हुनेहरुमध्ये २१ देशका नागरिकहरु थिए, जसमा ८८ जना अस्ट्रेलियाका, ३८ जना इण्डोनेशियाका र २८ जना बेलायतका नागरिकहरु पनि थिए । यसबाट उक्त बमकाण्डका योजनाकारहरु वास्तविकताभन्दा निक्कै पर थिए वा उनीहरुलाई सजिलै भ्रमित तुल्याइएको थियो भन्ने आँकलन त्यसबेला गरिएको थियो ।
अन्य घटनाक्रम
१७९२– अमेरिकाको खोज गर्ने क्रिस्ट्रोफर कोलम्बसको नाममा मेरिल्यान्डको बाल्टिमोरमा पहिलो स्मारक समर्पित गरियो ।
१८७९– बेलायती सैनिकद्धारा काबुल (अफगानिस्तान) कब्जा ।
१९०१ – अमेरिकी राष्ट्रपति थियोडोर रुजभेल्टले राष्ट्रपति भवनको नाम बदलेर व्हाइट हाउस राखे ।
१९९२– इजिप्टको राजधानी कायरोमा भूकम्पबाट झन्डै ५ सय १० जनाको मृत्यु ।
२०१४– इभो मोरालेस तेस्रो कार्यकालका लागि बोलिभियाको राष्ट्रपति चयन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’
-
एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
-
रम्तेल स्मृति राष्ट्रिय पुरस्कार आमा सरिमायालाई
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट